तुलसीपुर,कात्तिक ५ । अबैध रुपमा बालुवा उत्खनन गरि बनाएको खाल्डोमा डुबेर तुलसीपुरमा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका–१ गुरुङ खोला निवासी ७ वर्षीया समीक्षा खड्काको खाल्डोमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रवक्ता नवचन्द मल्ले जानकारी दिए ।
बालिका तुलसीपुर–७ र १६ को सिमानामा पर्ने ग्वार खोलाको मलवारे कुलोको बाँध नजिकै उपमहानगरपालिकाले नदीजन्य पदार्थ उत्खनन गरेको खाल्डोमा डुबेकी थिइन् ।
पानीमा डुबेका मृतक समीक्षाका भाइ अन्दाजी ३ वर्षीय अनुप खड्का र तुलसीपुर–७ वसन्तपुरका ११ वर्षीय प्रेम बस्नेत भने सकुसल रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार