२०८० मङ्सिर १६ गते शनिवार

अनाथ बालबालिकालाई दशैँ उपहार ‘नयाँ लुगा’

निरला अर्याल,तुलसीपुर,कार्तिक ४ । जुम्लाको १३ वर्षको विपना दास कक्षा ८ मा पढ्छन । सानो उमेरमा बुबा आमाको मृत्युपछि अभिभावक विहिन बनेका दास अहिले भने तुलसीपुर उपमहानगपालिका १३ अम्बापुरमा रहेको ‘माया सदनमा’बस्दै आएकी छिन ।

जताततै दशैँको रौनक बढेको छ तर विपनालाई भने दसैंले छुन सकेको छैन । शनिबार रोट्रयाक क्लव अफ तुलसीपुरले लत्ता कपडा र खाद्यान्न लिएर सदनमा पुगेपछि दसैँ आएको होकी भन्ने महसुस गरेको उनी बताउँछिन ।

माया सदनले माया दिएर हुर्काएको विपनालाई रोट्रयाक्टले दशैंमा उपहार दिएपछि निक्कै खुसी भइन । विपना जस्तै आमा बुबा विहिन बाजुराका खगेन्द्र गिरीको पनि खुसीको सीमा छैन् । सदनमा गएर क्लवले गिरीको लागि नयाँ कपडा खाने कुरा दिएपछि आमा बुबा भएको जस्तै आभाष भएको उनी बताँउछन ।

सानो उमेरमा आमा बुबाको मृत्यु भयो,विगत ४ वर्ष देखि माया सदनमा बस्दै आएको छु अहिले कक्षा ७ मा पढ्छु,उनले भने । परिवारमा आमा बुबाको निधन पछि जुनसुकै चाडपर्व आएपनि आफूलाई कुनै चाडपर्व मन पर्न छाडेको दुखेसो गरे ।


तर रोट्रयाक्ट क्लवले दिएको चाडपर्वको कोसेलीले गिरी मात्र होइन सदनमा आश्रीत सबै जना बालबालिकाले दशैं आएको महसुस गरेको बताउँछन । सदनमा हाल सुस्त श्रवण भएका ६ जना बालबालिका रहेको इन्चार्ज हरिश पाण्डेले जानकारी दिए ।
जुम्लाबाट स्थापना भएको माया सदन दाङ लगाएत अन्य ७ जिल्लाहरूमा सेवा दिँदै आएको छ ।

आफू माया सदनबाट हुर्किएर अनाथ हरुको सेवाको लागि समर्पित हुँदै आयको इन्चार्ज पाण्डेले बताए । रोट्राक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष ईनुप भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुरका पुर्व अध्यक्ष बिमल रिजाल,रोट्राक्ट क्लव अफ तुलसीपुर पुर्व अध्यक्ष सन्दीपन रिजाल, हेमराज बस्नेत, नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा दाङ्गका उप सभापति हरिहर पौडेल लगायतकाले अनाथ, असाहय र निम्न वर्गहरूको लागि रोट्रयाक्ट क्लव सराहनीय कार्यहरु गर्दै आएको बताए ।

रोट्राक्ट क्लव अफ तुलसीपुर उपाध्यक्ष आकाश सिंह स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्लबका महासचिव किरण पुनले गरेका थिए ।

क्लवले २३ जना बालबालिकाको लागि नयाँ कपडा, खाद्यान्न तथा मेडिकल कीट प्रदान गरेको हो ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *