२०७७ कार्तिक ४ गते मङ्गलवार

भोलिदेखि सुरु हुँदै काँग्रेसको जागरण अभियान


दाङ, वैशाख २४ । नेपाली काँग्रेसको जागरण अभियान (बुधवार)भोलिदेखि सुरु हुने भएको छ । दाङमा भोलि घोराही अभियानको सुरुवात गर्न थालिएको काँग्रेस दाङले जानकारी दिएको छ ।

भोलि बिहान ११ ः ३० बजे घोराही उपमहानगरपालिकाको सभाकक्षमा जागरण अभियान सुरु हेन काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का सचिव शंकरप्रसाद डाँगी बिज्ञप्ति प्रकाशित गरि जानकारी दिएका छन् । भोलि हुने कार्यक्रममा सहभागी हुन काँग्रेसका सम्पुर्ण नेता तथा कार्यकर्ता एवं शुभेच्छुक सबैमा अनुरोध गरिएको छ ।

कार्यक्रमलाई जागरण अभियानका केन्द्रीय प्रतिनिधि एवं काँग्रेस केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री मोहनबहादुर बस्नेतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि यो जागरण अभियान बैशाख ११ गतेदेखि गर्ने तय भएको थियो । तर,एकजना नेताको निधन पछि त्यो रोकिएको थियो ।

 

प्रकाशित मिति : २०७६ बैशाख २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *