२०८१ मङ्सिर १७ गते सोमवार

रेडक्रस बिजौरी उपशाखाको शुभकामना आदानप्रदान कार्यक्रम

बिजौरी,कात्तिक ३ । नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले नेपालीहरुको महान पर्व वडादशैँ,शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।


शाखाले शुक्रवार बिजौरीमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाईटी दाङका सभापती मदन गौतमले बडा दशैँको पूर्वसन्ध्यामा गरिएका यस्ता किसिमका कार्यक्रमहरुले सबैको सामाजिक चिन्तन र सोचमा परिवर्तन ल्याउने भन्दै शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडाध्यक्ष माधव वलीले देशमा देखिएका कयौँ समस्याका कारण चाडपर्वहरु पछिल्ला वर्षहरुमा खासै हर्ष उल्लासमय नभएको बताउँदै आफ्नो दैनिकीलाई ख्याल गरि काम गरि चाडपर्व मनाउन आग्रह गरे । उनले नव दुर्गा भवानीले सबैलाई सकारात्मक उर्जा देउन भन्दै शुभकामना समेत ब्यक्त गरे ।


त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले आफ्नो परम्परा अनुसार चाडपर्व मनाउन अनुरोध गरे ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिजौरीका सभापती बालकृष्ण रेग्मी (शम्भु) को अध्यक्षतामा भएको कार्यक्रममा
कार्यक्रममा नेपाल रेडक्रसका पूर्व केन्द्रिय सदस्य शिव कुमार थापा, नेपाल रेडक्रस दाङका सदस्य भिमलाल मरासिनी, नेपाल रेडक्रस उपशाखा तुलसीपुरका सभापती देबिका नेपाली, नेपाल रेडक्रस बिजौरीका संस्थापक नारायण प्रसाद आचार्य, समाजसेवी नदन कुमार अर्याल, बिजौरी उद्योग बाणिज्य संघका उपाध्यक्ष चित्र बहादुर खड्का, शिवालय मन्दिर सञ्चालक समितिका महासचिव रबिराज गौतम, जनस्वास्थ्य निरक्षक डिल्ली केसी, लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

शाखाकी उपसभापती ज्वाला पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव मुकेश वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *