२०८१ कार्तिक २३ गते शुक्रवार

शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्छ – एमाले महासचिव पोखरेल

मावि तुलसीपुर सेन्टरको प्रसाशनिक भवन उद्घाटन्

तुलसीपुर,कात्तिक ३ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको प्रसाशनिक भवनको शुक्रबार उद्घाटन गरिएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले भनवको उद्घाटन गरेका हुन ।


उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताए ।

विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्ने उनको जोड दिए । ‘सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्न सक्नु पर्छ,’ पोखरेलले भने ,‘हामीले त्यसमा सहयोगी भूमिका नै निर्वाह गर्ने हो ।’

त्यस्तै उनले राज्यको मुल्याङकन र मापदण्ड अनुसार कस्लाई प्रामिकता दिने र त्यसका लागि कस्ले धेरै पहल ग¥यो भन्ने कुराहरु पनि शिक्षाको बिकासको लागि आवश्यक रहेको उनले बताए ।

विद्यालयका प्रध्यानाध्यापक भागवत पौडेलले संघीय बजेटको मेघा परियोजना अन्तर्गत कुल १ करोड २५ लाख ८२ हजारमा प्रसाशनिक भवन निर्माण भएको जानकारी दिएका थिए ।


उनले विद्यालयलाई नेपालकै उत्कृष्ट मेघा विद्यालयको रुपमा विकास गर्ने लक्ष्य रहेको बताएका थिए । यो बिद्यालयमा दूई हजार पाँच सय विद्यार्थी अध्यनरत छन् ।


प्राविधिक प्री डिप्लोमा तर्फ एक सय ७० जनालाई निशुल्क अध्यापन गराउदैँ आइएको प्रध्यानाध्यापक पौडेलले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का, अधिकारकर्मी सुशिल बस्नेत लगाएतले मनतब्य राखेका थिए ।

कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक भोला पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *