२०८२ बैशाख ७ गते शनिवार

नेता धर्मेन्द्र बास्तोलाको गाडीले ठक्कर दिदा दाङमा एक युवकको मृत्यु

तुलसीपुर , कात्तिक ३ । नेता धर्मेन्द्र बास्तोलाले चलाएको गाडीले मोटरसाइकललाई ठक्करबाट दाङमा एक युवकको मृत्यु भएको छ ।

सुर्खेत जिल्लाको पन्चपुरी नगरपालिका – ९ का बास्तोलाले चलाएको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिदा दाङको राप्ती गाउँपालिका – ५ का २९ बर्षीय वशन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गएराति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका – ५ सिंङ्गे नजिकै काठमाडौंबाट सुर्खेत तर्फ जाँदै गरेको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरित दिशातर्फ गइ रहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनाका घाइते चौधरीलाई टाउकोमा चोट लागेको अवस्थामा प्रहरी नायव निरीक्षक जिवन केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरि स्वास्थ्य चौकी सिसहनियामा पु¥याएको थियो । राति १० बजेपछि स्वास्थ्य चौकी पु¥याए लगतै चिकित्सकले घाइते चौधरीलाई मृत घोषणा गरेका थिए ।


गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रबक्ता धर्मेन्द्र बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


उनलाई इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *