२०८१ असोज २४ गते बिहिवार

राप्ती आँखा अस्पतालमा दशैको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


तुलसीपुर, कार्तिक २ । राप्ती आँखा अस्पतालको आयोजनामा २०८० सालको बडा दशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

अस्पतालका मे.सु डा. सन्तोष सुवेदीको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै गिरीले अन्धोपन न्यूनिकरणमा सवैले साथ सहयोग दिनुपर्ने बताए ।

उनले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज, अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले दिएको सेवा प्रभावकारी भएको बताए ।

आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गिरीले जिल्लामा विशिष्टकृत सेवाहरु दिएको भन्दै अझै थपगदै जाने बताए । उनले बडा दशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना दिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सदस्य प्रनवकुमार खड्का, त्यस्तै कोर्निया रोग विशेषज्ञ डाक्टर ज्योति सापकोटा, एकाडेमीक चिफ डा. सुरेश रसाइली, स्वास्थ्य कर्मी रमेश गिरी, विष्णु खनाल, सन्तोष शर्मा , मिना मल्ल, मानबहादुर वली, विष्णप्रसाद भण्डारी, मानबहादुर वली, सुरेश चौधरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा राप्ती आँखा अस्पतालका निमित्त प्रशासक शालिकराम गौतमले स्वागत सहित अस्पतालको गतिविधिको विषयमा प्रकाश परेका थिए ।

त्यस्तै दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले आँखा अस्पतालले दिएका सेवाहरु र लेखापाल होम चौधरीले आर्थिक गतिविधिको वारेमा जानकारीका साथै शुभकामना दिएका थिए ।

कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *