तुलसीपुर, कात्तिक १ । लायन्स क्लब अफ दाङ र लियो क्लब अफ दाङको सयुक्त आयोजनामा बोर्ड मिटिङ तथा फेलोसिप कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ दाङका अध्यक्ष लायन भागवत घिमिरेको अध्यक्षता तथा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रक २५ एन नेपालका फष्ट भ्वाइस डिष्ट्रक गर्भनर विनोदकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले लायन्स तथा लियो क्लवहरुलाई सक्रिया गराउनु पर्ने बताएका थिए ।
उनले क्लवहरुलाई सदस्यहरु थप गरि सामाजिक कार्यमा लाग्न आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रक चिफ धुर्ब गौतम, लायन्स क्लवका जोनचेयर पर्सन बुद्ध प्रकाश सिंह लगायतले बोलेका थिए ।
कार्यक्रममा राष्ट्रिय धोजाको अभिबादन लियो क्लब अफ दाङका अध्यक्ष यमकला भुसालले गरेकी थिइन् ।
लायन्स क्लवका सहसचिव गोपाल रावतको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव चन्दा श्रेष्ठले गरेकी थिइन् ।
साथै त्यस अवसरमा लायन्स क्लबका विभिन्न ब्यक्तिहरुलाइ प्रमाण पत्र वितरण गरिएको थियो ।