२०८० मङ्सिर २३ गते शनिवार

तुलसीपुरको विकासका लागि तिनै तहका सरकार लाग्नुपर्ने


तुलसीपुर, कात्तिक १ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेशको गौरवको योजना अन्र्गत ग्वार खोलामा बृहत् जलाशय निर्माणका लागि सर्भे सुरु गर्ने बताएका छ्न ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको बडा दसैँ, शुभ दीपावली एवम् छठ पर्व २०८० को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लुम्बिनी प्रदेश सरकारले ग्वार खोलामा बृहत् जलाशय निर्माणका लागि विस्तृत विवरण प्रतिवेदनका लागि सर्भे सुरुवात गर्न थालेको बताएका हुन् ।

उनले बृहत् जलाशय निर्माण भएपछि यस क्षेत्रमा बाह्रै महिना सिँचाई, जल विद्युत उत्पादन, खानेपानी र पर्यटनका क्षेत्रमा महत्त्वपूर्ण योगदान रहने बताए । उनले जलाशय निर्माणसँगै उपत्यका मरुभूमीकरणबाट समेत बच्ने बताए ।

मन्त्री मास्कीले तुलसीपुर क्षेत्रको विकासका लागि राप्तीकै पुरानो टरिगाऊँ धावनमार्गको विस्तार, ऐतिहासिक थारु राजा दंगीशरणको राज्य सुकौराको विकासका लागि सङ्घ, प्रदेश स्थानीय तीन वटै तहका सरकारबाट काम अघि बढाउनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मास्केले लुम्बिनी प्रदेश सरकार ७५ हजार जनालाई स्वरोजगार तुल्याउनका स्थानीय उत्पादन प्रवर्द्धनका कार्यक्रम अघि बढाउन थालिएको बताए ।

अर्थमन्त्री मास्केले स्थानीय उत्पादन प्रोत्साहनका लागि स्थानीयस्तरमै मौवाको मदिरा उत्पादन, बिक्री वितरणको नीति निर्माणको प्रक्रियामा रहेको बताए । मन्त्री मास्कीले तुलसीपुर लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको व्यापारिक केन्द्रका रूपमा विकास भइरहेकाले यस क्षेत्रको विकासमा लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमा बोल्ने बक्ताहरुले तुलसीपुरको समग्र विकासका लािग सवै लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा उपप्रमुख स्यानी चौधरी, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगर,नेता सोभाराम बस्नेत, पूर्व नगरप्रमुख ढुण्डीराज लामिछाने,निर्वमान उपप्रमुख पाया शर्मा, नेपाली काँग्रेसका नगर सचिव विमल पौडेल, नेकपा एमालेका नगर सचिव रुपबहादुर खत्री, नेकपा माओवादीका नगरइन्चार्ज प्रभात वली, स्वतन्त्र पार्टीका प्रदेश सदस्य भक्तबहादुर डाँगी, तुलसीपुर चेमरअफ कर्मर्शका अध्यक्ष टोपबहादुर घर्ती, तुलसीपुर नगरजेसीजका अध्यक्ष शालिकराम वलीलगायतले बोलेका थिए ।

कार्यक्रमको सहजिकरण नगरप्रवक्ता माधव वलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *