२०८१ मङ्सिर १७ गते सोमवार

मूल्यमा एकरुपता देखिएन


तुलसीपुर, कार्तिक १ । चाडपर्व नजिकिएसंगै बजार अनुगमनले तिव्रता पाएको छ ।

बुधवार तुलसीपुरमा नगरप्रमुख उपप्रमुख, स्वास्थ्य प्रवद्धन शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, प्रजातान्त्रीक उद्योगी व्यवसायी संघ र अन्य जिम्मेवार पदाधिकारीहरुको बाक्लो उपस्थितिमा बजार अनुगमन भएको छ ।

तुलसीपुरमा ठुला ठुला पसलमा गरिएको अनुगमनमा मूल्यमा भने एक नदेखिएको बताएको छ । बजारमा चिनिदेखि अन्य बस्तुमा समेत मूल्यमा एकरुपता भने देखिएन । बजारका पसलमा मूल्यसूची केहिले नराखेको र उनीहरुलाई अनिवार्य पसलमा मूल्य सूचि राख्न र म्याद गुजरीएका सामग्रीहरु हटाउन निर्देशन दिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् ।

तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले नगरप्रमुखको नेतृवमा अनुगन गरेको हो । त्यस्तै ठुला ठुला मार्ट पसलहरुमा चिनी लगायत अन्य बस्तुहरुको मूल्यमा एकरुपता पनि नभएको पाएको छ ।

बजारका केहि पसलहरुमा रु १ सय १५ केहिमा रु १ सय २५ सम्म चिनीको मूल्य रहेको छ । त्यस्तै चिरा तथा अन्य वस्तुमा पनि पसल अनुसार फरक फरक मूल्य देखिएको छ । केहिले बढेर आएको र केहिले पहिलेको स्टक भएकाले फरक फरक मूल्य भएको बताएका थिए ।

त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्नेमा पर्नेमा स्वास्थ्य शाखाका प्रमुख ओम न्यौपानले जानकारी गराएका थिए ।

अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएको र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा जान समेत निर्देशन र केहि म्याद गुजरेका सामानहरु केहि मात्रमा नियन्त्रणमा लिएको छ ।

त्यस्तै अनुगमनमा सहभागी तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उपभोक्ताहरु पनि कुन बस्तुको कस्तो हो ? यसको मूल्य कति छ ? भनेर सजक हुनुपर्ने बताए । उनले म्याद गुजरेका सामग्रीहरु कम्पनीले फिर्ता लग्ने भन्दै व्यवसायीहरुले झन्झट नमानेर त्यसलाई व्यवस्थापन गर्नुपर्ने बताए ।

अनुगमनको क्रममा व्यवसायीहरुले ५ देखि २० प्रतिसत सम्म उपभोक्ताहरुलाई छुट दिएको बताएका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *