२०८१ माघ २६ गते शनिवार

तुलसीपुरबाट एक लाख लुटेर भागेका दुई युवा पक्राउ परे

तुलसीपुर, कात्तिक १ । दाङको तुलसीपुरबाट बधुबार दिउँसो एक लाख लुटेर भागेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ५ संझना टोलका २१ बर्षीय आयूस बिक र सोही ठाउँका १८ बर्षीय सुनिल मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलले फरककोणलाई बताए ।

तुलसीपुर – ८ का दिनेश वलीले बैंकबाट एक लाख रुपैंया निकाले लगतै पिछा गरि उनीहरुले लुटपाट गरेका थिए ।

साथी संग गएका वलीको सुरुमा मोवाइल लुटेर नगद एक लाखपनि लुटेर उनीहरु भागेका थिए ।


लुटपाट भएको खबर पाउना साथ इलाका प्रहरी कार्यालय तुलसीपुर, नयाँ बसपार्क र बेलुवा प्रहरी चौकीबाट प्रहरी परिचालन भएको थियो । तीन तर्फबाट प्रहरीले घेराहाली लुटेराको खोजी थालेको थियो ।

प्रहरीले पिछा गर्दै जाने क्रममा तुलसीपुर – १० राइखल्यान क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ परेकाहरु माथि थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *