घोराही,असोज ३० । घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्विकेश्वरी मन्दिरमा सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञ–२०८० को तेश्रो दिन करिव दुई लाख रुपैयाँ आर्थिक संकलन भएको छ ।
अम्बिकेश्वरी मन्दिरकोे स्वागतद्वार तथा अन्य भौतिक संरचना निर्माणको सहयोगार्थ सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञको तेश्रो दिन एक लाख ९४ हजार ६ सय २ रूपैया आर्थिक संकलन भएको महायज्ञका आर्थिक संकलन उपसमितिका संयोजक गोविन्द पौडेलले जानकारी दिएका छन् ।
संयोजक पौडेलका अनुसार जिल्लाकै प्रसिद्ध धार्मिक एवं ऐतिहासिक मन्दिरको प्रवेशद्वारा निर्माणका लागि सञ्चालित महायज्ञमा आर्थिक संकलन कार्य बढ्दै गएको छ ।
घट्स्थापनादेखि सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञको प्रमुख बाचकमा पण्डित कोमल उपाध्याय रहेका छन् ।
महायज्ञमा प्रवचनसँगै रामलिलामा आधारित कथालाई नाटकिय रूपमा प्रदर्शनसँगै महायज्ञमा प्रत्येक दिन साँझ गंगा आरती हुने गरेको श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञ–२०८० का संयोजक कुमुद पोख्रेलले जानकारी दिएका छन् ।
संयोजक पोख्रेलले महायज्ञमा कथाबाचन,राष्ट्रियस्तरमा कलाकारहरुद्वारा गरिने भजन किर्तन तथा देवलिला झाक्रीका साथै गंगा श्रृङ्गारिक आरतीमा सहभागी हुन समेत सवैमा आग्रह गरेका छन् ।