२०८१ माघ १० गते बिहिवार

लमही नगरपालिकाले मनायो दशै मिलन कार्यक्रम

लमही,असोज ३० । हिन्दुहरुको महान पर्व बडा दशैको अवसरमा लमही नगरपालिकाले दशै मिलन कार्यक्रम मनाएको छ ।

कार्यक्रममा बोल्दै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले चाडबाडले सबै नेपालीहरुलाई एकसुत्रमा बाध्न मद्धत गर्ने बताए ।

पर्वलाई सस्कार र संस्कृतीको जगेर्ना हुनेगरी चाडबाड मनाउन सबै नगरबासीहरुमा नगर प्रमुख चौधरीले आग्रह गरे ।

त्यसैगरी नगर उपप्रमुख लक्ष्मी योगीले नेपालीहरुको महान चाड घरघर भित्री सकेको भन्दै सबै नगरबासीहरुमा सुख शान्ती समृद्धिको कामना गरे ।

प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले नेपालीहरुको महान चाडले सबैको मनोकामना पूरा गरोस, सबैलाई सत्मार्गमा हिड्ने प्रेरणा मिलोस भन्दै शुभकामना व्यक्त गरे

देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीले व्यवासायीहरुको हक हितका लागि आफुले पहल थाल्ने बताए ।
स्थानीय सरकारसंग सहकार्य समन्वय गरेर देउखुरी उद्योग वाणिज्य संघ अगाडी बढ्ने समेत उनको भनाई छ ।

नगरपालिकाले भर्खरै निर्वाचित भएका देउखुरी उद्योग वाणिज्य संघका पदाधिकारीलाई स्वागत सम्मान समेत गरेको छ ।

गतवर्ष गढवा गाउँपालिकामा आयोजित फुटबल र गोरखा मोडेल स्कुलले आयोजना गरेको भलिबल प्रतियोगितामा प्रथम विजेता भएको लमही नगरपालिकाको टिमलाई सम्मान गरिएको छ ।

पत्रकार भानु जोशी, वडा नम्बर -३ का वडाअध्यक्ष मनोज कुमार चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए

नगर प्रमुख जोगराज चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख महेश थापा ठेडीले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *