काठमाडौँ ,असोज ३० । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को ११ औँ अधिवेशन काठमडौंमा सुरु भएको छ। ४ दिनसम्म चल्ने अधिवेशनको मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गरेका छन्। उनले स्वस्ती वाचनसहित सम्मेलनको उद्घाटन गरेका हुन्
२००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हाँसिल गरेको ज्ञान, सिप र लगानी नेपालको विकासमा महत्त्वपूर्ण हुने बताए।
उनले एनआरएनएहरु विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताए।
अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन्। ८६ देशमा एनआरएनए विस्तार भैसकेको छ। जसमध्ये ५९ देशमा अधिवेसन भएको थियो। ५९मध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो।
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वकालागि ४ जनाको उम्मेदवारी परेको छ। हालका अध्यक्षसहित उपाध्यक्ष पनि एनआरएनएको नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
संघको निर्वाचन समितिका अनुसार अध्यक्षमा डा।बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन्।
अधिवेशनसँगै एनआरएनएको तेस्रो ज्ञान सम्मेलन पनि हुँदै छ। अधिवेशनको शुक्रबार हुने समापन कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम छ।