विजौरी, असोज २९ । नेपालीहरुको पर्व नजिकिंदैगर्दा विजौरी उद्योग वाणिज्य संघको आयोजनामा दशैको शुभकामना तथा शान्ति सुरक्षाका विषयमा पत्रकार, नागरिक समाज, उद्योगी व्यवसायीहरु तथा सञ्चारकर्मी बिच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विजौरी उद्योग वाणिज्य संघले रेडक्रससंगको साझेदारीमा निर्माण गरेको सभाहलमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का थिए ।
तुलसीपुरकै सुरक्षाकर्मी डिएसपी ठाकुर पोख्रेल थिए । अनि छिमेकी तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्षद्वय ललित शाह र मीनराज भण्डारी तथा नारायणपुर उद्योग वाणिज्य सघका अध्यक्ष अभियान बस्नेत ।
स्वागत सम्मानको अघि विजौरी उद्योग वाणिज्य संघले पत्रकारहरुसंग पनि सहकार्य गरे । परिचयात्मक कार्यक्रम सहित सल्लाह र सुझाव पनि लिएको थियो ।
पर्व नजिकिंदै गर्दा विजौरी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रम व्यवसायीक सुरक्षा, व्यवसायीक चुनौती र मुलुकलाइ कसरी अघि लैजाने सन्दर्भमै केन्द्रित थियो ।
यद्यपि मुलुकको राजनितिक अस्थीरता र गोलमटोलका कारण मुलुकको आर्थिक समृद्धिमा चुनौती भएको व्यवसायीहरुले बताएका छन् ।
शुभकामना र समृद्धिको कामना भन्दा पनि मुलुकको आन्तरिक वेरोजगारीको अवस्था, विदेश पलायनको अवस्था र व्यवसायीहरुको दिनदिनै गिर्दै गएको मनोबृत्तिका विषयमा छलफल केन्द्रित थियो ।
‘व्यवसायीको आखामा आसु बगेको छ, हामीले बैंकको लोनको किस्ता पनि तिर्न मस्कील छ, यो अवस्थामा पर्व मनाउने भनेको गम्भीर विषय हो, तै पनि हामी शुभकामनामा जवर्जस्त सहभागि भएका छौं’, तुलसीपुर उपमहानगरपालिका—१९ का वडाध्यक्ष तथा युवा व्यवसायी प्रेमनाथ योगिले भने् ।
उनी जनप्रतिनिधिसंगै व्यवसायीकतामा पनि जोडिएका छन् । ट्रक व्यवसायीमा पनि जोडिएको नाम हो उनको । इटा उद्योगका सन्चालक पनि हुन् । यति धेरै व्यवसाय गर्दा पनि उनी जनप्रतिनिधि हुंदा सुरकारले उनको वडामा चाहिने जति बजेट दिन सकेको छैन । न उद्योगबाट कमाइ, न स्थानीय सरकारबाट वडालाइ समृद्ध बनाउने बजेट यहि कारण उनी रोएर पनि हासेका छन् ।
त्यसो त कार्यक्रममा प्रमुख अतिथि टिकाराम खड्काले तुलसीपुर उपमहानगरपालिकालाइ सुरक्षित र समृद्ध बनाउने उद्घोष पनि गरे । व्यवसायीक सुरक्षाका लागि इलाका प्रहरी प्रमुखलाइ निर्देशन दिएसगै सहयोगको पनि प्रतिवद्धता व्यक्त गरे । तर सरकारको ढुकुटिसंगै स्थानिय सरकारको पनि ढुकुटि रित्तिएको छ ।
कसले कसलाइ सहयोग गर्ने भन्ने सन्दर्भमा अहिलेको सरकार अलमलमा छ । बजनताका विकाशका अपेक्षा आधा पनि सम्वोधन हुन सकिरहेका छैनन् । तैपनि सरकार जवर्जस्त दशै मनाउने अभियानमा छ । दशैका शुभकामना दिइरहेको छ । कार्यक्रममा नगरप्रमुख खडकाले उधोग बाणिज्य सघमा नियमित प्रयोजनका लागि आबस्यक सामाग्रीहरु सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विजौरीलाइ समृद्ध बनाउनका लागी रोल्पालाइ होलेरीबाट विजौरी सम्म जोड्नुपर्ने थियो । तर विजौरी उद्योव वाणिज्य संघले उठाएको यो अभियानलाइ ग्वारखोला हाइ ड्याम निर्माणका रुपमा अल्झाइरहिएको छ । तात्कालिन मुख्य मन्त्रीदेखि अहिलेका अर्थमन्त्रीले पनि ग्वारखोला हाइड्यामको नारा लिएर रोल्पा विजौरी जोड्न चाहेका छैनन् ।
विजौरी उद्योग वाणिज्य संघमा यस्ता कार्यक्रमहरु पटक पटक भैरहन्छन् । तर रोल्पाको नुवागाउ हुंदै ग्वारखोला जोडेर विजौरी र त्यसपछि पुर्व पश्चिम राजमार्गै जोड्ने विषय सधै ओझलेमा परिरहेको छ । यो विषयमा विजौरी उद्योग वाणिज्य संघले विशेश भुमिका खेल्नुपर्ने अन्य उद्योग वाणिज्य संघको पनि सल्लाह र सुझाव छ । तर विजौरीलाइ हुन नदिने एउटा रोग भनेको ग्वारखोला हाइडुयाम हो । जसलाइ कुनै पनि नेताले न सम्वोधन गर्न सके , नत विजौरीलाइ रोल्पा र मध्यपहाडी लोकमार्गसंग जोड्न सके । यो विषयमा विजौरी उद्योग वाणिज्य संघले पनि कुनै अडान लिन सकेन । यहि अवस्थाले विजौरीका व्यवसायीका आंखामा आंसु ….।
विजौरी उद्योग वाणिज्य संघका नवनियुक्त अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा धेरै त सहभागि हुन सकेनन्, तर अर्थपुर्ण सहभागिता भने रहेको थियो । तर यो कचहरीले पनि कुनै समृद्धिको संकल्प लिन सकेन । खाली व्यवसायीक सुरक्षाका लागि सिसि क्यामराको प्रस्ताव, लागुऔषधका सेवन कर्ता लुक्ने स्थानलाइ हटाइदिनु पर्यो, विजौरी बजारलाइ सुरक्षित बनाउनु पर्यो लगायतका विषयमा मात्रै छलफल केन्द्रित रह्यो ।
होलेरी—विजौरी हुंदै पुर्वै पश्चिम राजमार्ग जोड्ने बाटोका विषयमा वहशै भएन
यसैबीच विजौरी बजार र त्यसपछिका दक्षिण क्षेत्रका स्थानियबासीका समृद्धिका लागि सडक परियोजनाका विषयमा सोमवारको कार्यक्रममा पनि वहश हुन सकेन । किनकी राजनितिक दलका नेताहरु ग्वारखोला हाइड्यामको सपना देखिरहेका छन् । चारलेन सडकका विषयमा पनि यहां कुनै्र वहश भएन । किनकी यसमा पनि यहांका राजनेताको कुनै हैसियत छैन । टरीगाउँ विमानस्थलको पनि कुरा उठेन, किनकि यो विजौरीले उठाउन सक्ने तर गर्न नसक्ने अभियान हो ।
तुलसीपुर उद्योग वाणिज्य संघका नेताहरुले पनि यो विषयमा कुनै आधिकारीक अभिव्यक्ति दिएनन् । किनकि यो पनि उनको औकात वाहिरको कुरा हो , तर लविङ सम्म गर्न सकिन्थ्यो । जे सुकै भएपनि विजौरी उद्योग वाणिज्य संघको परिकल्पना रोल्पा टु विजौरी सडक…!
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य चेतन रेग्मी,नेपाली काग्रेस दाङका सदस्य यक्ष बहादुर बस्नेत,बिजौरी उधोग बाणिज्य सघका निबर्तमान महासचिव बिदुर गौतम,सघका पुर्ब सल्लाहकार बिस्नु चौधरी,नेपाली काग्रेस तुलसीपुर १८ का सभापति बिरेन्द्र खडका,नेका तुलसीपुर १६ का सभापति लिलाधर वलि,नेकपा एमाले तुलसीपुर १८ का अध्यक्ष मुक्त बहादुर वली (मुकेश) नेकपा एमाले रुन्टिगढि गाउँपालिका अध्यक्ष अमरराज बस्नेत,रेडक्रस बिजौरी उपशाखा सभापति बालकृष्ण रेग्मी लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सघंका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।
त्यस्तै बिजौरी उधोग बाणिज्य सघले लामो समय देखि ‘ब्रेन ट्यूमर’ पिडित सघका पुर्ब सचिब यज्ञ बहादुर पुन बचाउ अभियान संचालन गरि १ लाख ६४ हजार १ सय ५५ रुपैयाँ संकलन गरेको थियो । सोही रकम पुनकी श्रीमती शान्ता पुनलाई हस्तान्तरण गरिएको छ ।