तुलसीपुुर, असोज २९ । नेपाल तरूण दल तुलसीपुर नगर कार्यसमितिले दशै मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
नगरका कार्यवहाक अध्यक्ष सुरेन्द्र सिंह राठोरको अध्यक्षता नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यता तथा संविधान सभासदस्य बुद्धिराम भण्डारीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गिरीले सवैसंग संगठनहरुको आफनै विधि विधान भएकाले त्यसलाई आत्यसाथ गदै अगाडी बढनु पर्ने बताएका छन् ।
उनले पछिल्लो समयमा तरुणदल तुलसीपुरमा देखिएको विवादले राम्रो लक्षण नभएको भन्दै विधि विधानलाई मानेर सवै अगाडि बढनु पर्ने सुझाव दिए । गिरीले सबै संघसंगठनको आफ्नै नियम भएको भन्दै विधि र विधानलाई टेकेर अगाडी बढे पाटी तथा सवैलाई राम्रो हुने बताए ।
उनले पाटीमा गुट-उपगुट हुने भन्दै त्यो पार्टिको महाधिवेसन सम्म मात्र रहनु पर्ने बताए । ‘मैले फेक ग्याम खेलेर खेल जित्नु पर्छ भन्नेमा छैन् राम्रो कामलाई र नराम्रोलाई नराम्रो पहिले देखि भन्ने मान्छे हुँ उनले भने । गिरीले यसले कसैलाई पनि फाइदा नहुने भन्दै छिट्की हानेर लडाउने काम कसैले पनि गर्न नहुने बताए ।
उनले राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो सवैले भन्नु पर्ने बताए । ‘तपाईहरुले पनि सत्यलाई सत्य र असत्यलाई असत्य भन्नु पर्छ चुप लागेर बस्ने होइन् –केन्द्रिय सदस्य गिरीले भने ।’
उनले तरुणदल, तथा मातृसंघ संगठनहरुको रिक्त रहेको स्थानमा जिल्ला पार्टी सभापति संग समन्वय गरेर पुरा गर्ने भन्ने कुरा भएको समेत बताए । गिरीले सवै तरुण, विद्यार्थी भातृसंघ संगठनहरु एक भएर पार्टिलाई बलियो बनाउनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा संविधान सभा सदस्य वुद्धिराम भण्डारीले पार्टि तथा भातृसंघ संगठनमा केहि कमिम्जोरी रहेको भन्दै सचियर अगाडी बढन सवैलाई आग्रह गरे ।
कायक्रममा काँग्रेसका नेता महादेव शाहले आफुहरुले पार्टिलाई यहाँ सम्म लयाउन धेरै योग्दान गरेको भन्दै पार्टिलाई चलायमान गराउन तरुण दलको भुमिका महत्वपूर्ण भएको भन्दै एक भएर अगाडी बढन आग्रह गरे ।
त्यस्तै लुम्विनी प्रदेश सभा सदस्य लोका विश्वकर्माले व्यक्ति भन्दा पनि पार्टी बलियो हुनुपर्ने भन्दै सवै एक भएर लाग्नुपर्ने बताए ।
त्यस्तै काँग्रेस नेता जोगेन्द्र विश्वकर्माले विवादले कसैलाई पनि राम्रो नगर्ने भन्दै यसलाई मिलाउनु पर्ने बताए । उनले नेता र केन्द्रिय सदस्य भएको हैसियतले केन्द्रिय सदस्य गिरीलाई यसको समन्वय गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस दाङका सहसचिव सुवोध डाँगीले भातृसंघ संगठनमा पनि चुडाउने खेल सुरु भएको भन्दै यस्तो कुराले राम्रो सन्देश नदिने बताए ।
त्यस्तै तरुण दलका जिल्ला अध्यक्ष टिका घर्तीले तरुण दललाई जानकारीनै नभई हुने निर्णयहरु आफुहरुलाई मान्य नहुने बताए । उनले तरुणदलको पनि आफ्नै विधि विधान भएको भन्दै यसलाई पार्टीले हस्तक्षप गर्न नहुने बताए ।
कार्यक्रममा काँग्रेस नेता गोविन्द मजगैया, श्याम रेग्मी, काँग्रेस नेतृ सुष्मा गिरी, लोकेश्वरी अधिकारी, नेपाल किसान संघका चन्द्र लाल चौधरी, महाधिवेशन प्रतिनिधि केवला चौधरी, युवराज खड्का, नेत्रलाल वली,अरुण लहरे , प्रजातान्त्रिक उद्योगी ब्यबसायी संघ तुलसीपुरका अध्यक्ष जनक प्रसाद खराल, वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य रवि बुढाथोकी, नेपाली काँग्रेस सल्यानका उपसभापति सन्तोष केसी, तरुण दलका केन्द्रिय सदस्य टोपबहादुर बुढाथोकी, नेपाली काँग्रेस दाङका पूर्व सहसचिव सुरेन्द्रबहादुर खड्कालगायतले विधि विधान अनुसार सवै अगाडी बढनुपर्ने भन्दै पार्टिलाई बलियो बनाउन सवै लाग्नुपर्ने बताए ।
कार्यक्रममा अम्मरबहादुर खड्का , एकराज आचार्य, दलित सघ दाङका काबा अध्यक्ष प्रकाश नेपालीले शुभकामना व्यक्तगरेका थिए ।
तरुण दल तुलसीपुर ७ का काबा सभापति सन्तोस भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल तरुण दल जिल्ला सचिब धुर्ब आचार्यले गरेका थिए ।