२०८१ माघ ९ गते बुधवार

लुम्बिनी प्रदेशलाई समृद्ध र आत्मनिर्भर बनाउने लक्ष्य : मन्त्री मास्की


तुलसीपुर,असोज २८ । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले लुम्बिनी प्रदेशलाई समृद्ध प्रदेश र आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताएका छन ।

तुलसी उपभोक्ता सहकारी संस्थाद्धारा संचालित तुलसी मार्टको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मास्कीले सहकारी मार्फत स्थानीय उत्पादनलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु बिक्री वितरण आर्थिक अवस्था बलियो हुने बताए ।

लुम्बिनी प्रदेशमा करिब दुई लाख जनालाई रोजगारी दिने सम्भावनाको खोजी गर्न लागिएको उनले बताए । उनले व्यक्तिगत स्वार्थ र सत्ता टिकाउनको लागि देशको अस्मिता माथि गरेको खेलवाडले देशको अर्थतन्त्र धरासायी बन्दै गएको बताए ।

तुलसी उपभोक्ता सहकारीका अध्यक्ष भास्करराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सहकारी सघका सचिब रुप बहादुर खत्रीले सहकारी उपभोक्ता केन्द्रित हुनुपर्नेमा जोड दिए ।


त्यस्तै जिल्ला सहकारी संघ दाङका सचिव शुक्रराज भण्डरीले सहरकारी मार्फत आर्थिक अबस्था चलायमान हुने बताए ।

त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले पछिल्लो समय सहकारीको नाममा बिकृती बढदा यस प्रति नागरिकहरुको विश्वसनीय कम भएको बताए ।

उनले सहकारीको नाममा भएको विकृति र अविश्वसनीयतालाई चिर्न राज्य गम्भीर हुनुपर्ने बताए ।

सुपथ मूल्यमा गुणस्तरीय समान बिक्री वितरण गर्ने उद्देशयसहित १ करोड १५ लाखमा तुलसी मार्ट संचालनमा ल्याइएको हो ।

उक्त कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष राम कुमार आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *