२०८१ फाल्गुन ६ गते मङ्गलवार

प्याब्सन घाेराहीकाे मुखपत्र विमाेचन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

दाङ, असोज २८ । निजी तथा आवासीय विद्यालयल अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयोजनामा मुखपत्र `आरम्भ´विमाेचन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

आज शनिबार दाङकाे घाेराहीस्थित धारापानीमा आयाेजित कार्यक्रमका बिच मुखपत्र विमाेचन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।

साथै यही अवसरमा घाेराही नगर प्याब्सनले दशै मिलन कार्यक्रमकाे पनि आयाेजना गरेकाे थियाे ।

कार्यक्रममा बाेल्ने वक्ताहरूले शैक्षिक क्षेत्रमा संस्थागत विद्यालयले खेल्दै आएकाे भूमिकाको सह्राना गरेका थिए । कार्यक्रममा बाेल्दै घाेराही उपमहानगरपालिकाकी उप प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि हुमा डिसीले शैक्षिक उन्नयनमा संस्थागत विद्यालयकाे भूमिका महत्त्वपूर्ण रहेकाे बताएकी थिइन् ।

`व्यक्तिगत लगानीबाट देशकाे शैक्षिक उन्नयनमा संस्थागत विद्यालयहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

शैक्षिक गुणस्तरलाई स्थापित गर्न संस्थागत विद्यालयकाे याेगदान भुल्न सकिँदैन । विद्यालयलाई विद्यालय बनाउन संस्थागत विद्यालयकाे कार्य र गतिशीलता अनुकरणीय छ ।´ उप प्रमुख डिसीले बताइन् ।

२०७९ काे एसइइमा अनिवार्य विषयमा उत्कृष्ट जिपिए प्रदान गराउन सफल हुने शिक्षकहरूलाई सम्मान गरिएकाे थियाे ।

सम्मानित हुनेमा अङ्ग्रेजी विषयमा गुरूकुल एकेडेमीका लालबहादुर केसी, नेपाली विषयमा गुरूकुल एकेडेमीका बिमल देवकोटा, सामाजिक विषयमा गुरूकुल एकेडेमीका इन्द्रप्रसाद पाेख्रेल,गणित विषयमा माउन्टभ्यु इङलिस बाेर्डिङ स्कुलका कुमानन्द शर्मा, रविज्ञान विषयमा ग्रेट बुद्ध एकेडेमी नारायणपुरका सुवर्ण देवकोटा, इपिएच विषयमा दीपशिखा आवासीय माविका शाेभाकान्त अधिकारीलाई सम्मान गरिएकाे थियाे ।

यस्तै कार्यक्रममा प्याब्सन घाेरहीकाे मुखपत्र `आरम्भ ´काे विमाेचन गरिएकाे थियाे ।

कार्यक्रममा प्याब्सनका राष्ट्रिय सचिव यादव गिरी, प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसी, प्याब्सन दाङका वरिष्ठ सल्लाहकार केशव थापा, घाेराही उपमहानगरपालिकाका शिक्षक महासंघमा अध्यक्ष निशान्त आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

घाेराही प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *