२०८१ मङ्सिर २७ गते बिहिवार

प्रवासमा नेपाली पत्रकारिताका विषयमा छलफल

तुलसीपुर,असोज २८ । नेपाल पत्रकार महासंघ दाङको आयोजनामा घोराहीमा प्रवासमा नेपाली पत्रकारिताका विषयमा छलफल गरिएको छ ।

नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीसँग प्रवासमा नेपाली पत्रकारिताका विषयमा छलफल गरिएको हो ।

महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेजाका अध्यक्ष भण्डारीले अमेरिकाको कानुनको परिधिमा रहि अमेरिकामा बसेर पत्रकारिता गर्न चुनौतिपुर्ण रहेको बताए ।

सुचना प्रविधिको तिव्र विकासले गर्दा विश्वका हरेक सन्दर्भहरु मानिसको मुट्ठिमा आईसकेकाले पत्रकारले समाचारको विषयबस्तुमा ध्यान दिन आवश्यक देखिएको तर्क गरे ।

नेपालमा गरिने पत्रकारिता र प्रवासमा बसेर गरिने पत्रकारिता फरक भएपनि यसको विकासका लागि निरन्तरका सक्दो प्रयास जारी राखेको भण्डारीले बताए ।

रिपोटर्स क्लव अमेरिकाका अध्यक्ष किसन रेग्मीले कोभिडपछिको अर्थिक मन्दिले नेपालमा मात्रै नभई अमेरिकामा पनि मिडिया चलाउन कठिन हुदै गएकाले कसरी व्यवस्थित सञ्चालन गर्ने भन्ने बारेमा छलफल हुनुपर्ने बताए ।

प्रेस काउन्सीलका सदस्य शरद अधिकारी, पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष उदय जिएम, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनले नेपाल अमेरिका पत्रकार संघ नेजाले प्रवासमा रहेर पनि कोभिडका बेला राहतकोष, ग्रामिण पत्रकारिता जस्ता क्रियाकलाप गरेर देशप्रतिको जिम्मेवारी बहन गर्नु अनुकरणिय काम भएको बताएका हुन् ।

उक्त अवसरमा तेस्रो आँखा अनलाइनका सम्पादक तथा नेपाल अमेरिका पत्रकार संघ अध्यक्ष सुरज भण्डारीलाई नेपाल पत्रकार महासंघ दाङ शाखाले सम्मान गरेको थियो ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव आरके शिलतले गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *