तुलसीपुर, असोज २७। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडक निर्माणको काम पुनः सुरु हुन लागेको बताएकी छ्न ।
माओवादी केन्द्रले शनिबार तुलसीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले तिहार लगत्तै बोलपत्र आह्वान गरिने बिश्वास दिलाइन् ।
उनले घोराही–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने सम्बन्धमा सर्वेक्षण भइसकेको र चाडबाड पछि सुरु गरिने प्रष्ट पारिन् । पाँच वर्षसम्म पनि चार लेन निर्माणको काम अलपत्र हुँदा आवागमनमा समस्या भएको छ ।
मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रमा स्नातक तहको अध्यापनका लागि भवन निर्माण गर्न ३० करोड रुपैया बजेट विनियोजन गरेको पनि जानकारी दिइन् ।
प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार