२०८० मङ्सिर २३ गते शनिवार

चलचित्र पत्रकार सघं दाङका संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत–सम्मान

तुलसीपुर,असोज २७ । चलचित्र पत्रकार सघं,नेपाल दाङ शाखाले संस्थापक अध्यक्ष किसन रेग्मीलाई स्वागत–सम्मान गरेको छ । सघंले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि सघंका संस्थापक अध्यक्ष रेग्मीलाई स्वागत सम्मान गरेको हो ।

सञ्चार क्षेत्रमा क्रियाशिल रेग्मी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन । लामो समयपछि गृह जिल्ला दाङ आएका रेग्मीलाई संस्था जन्माउन खेलेको भुमिकाको उच्च सम्मान गर्दै चलचित्र पत्रकार सघं दाङले सम्मान गरेको हो ।


त्यस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले संस्था जन्माउनु मात्र ठुलो कुरा नभई संस्थालाई यहाँसम्म ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने पुर्वअध्यक्षहरु लगाएत क्रियाशिल पत्रकारहरुलाई आभार व्यक्त गरे ।

कठिन समयमा संस्थाको जन्म गराएको स्मरण गर्दै उनले यसलाई निरन्तरता दिन सबैले भुमिका खेल्नुपर्ने बताए । उनले आफु जहाँ रहेपनि सञ्चार प्रतिको कर्मलाई जोगाइ राख्ने र सहयोगी भुमिका निर्वाह गर्ने विस्वास दिलाए ।


लामो समयदेखि अमेरिकालाई कर्म थलो बनाउँदै आएका रेग्मीले बाहिरी भुमि आफुले कल्पना गरेजस्तो नभई अत्यन्त दुःख र सर्घषका साथ मेहनत गर्नुपर्ने अनुभव सुनाए ।

उनले हरेक व्यक्तीले समयको महत्व बुझ्नुपर्ने र सोहीअनुरुप आफ्ना क्रियाकलापहरु अगाडी बढाउनुपर्नेमा जोड दिए ।


उनले चलचित्र पत्रकार सघं दाङ शाखामा स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाको दिपलोचन रगं पत्रकारिता पुरस्कारलाई २२ हजार २ सय २२ रुपैया थप गर्ने प्रतिबद्धता समेत जनाए ।


चलचित्र पत्रकार सघं,नेपाल दाङका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अमेरिका पत्रकार सघं (नेजा) का अध्यक्ष सुरज भण्डारीले विभिन्न विधामा रहेर पत्रकारिता गरिरहँदा पछिल्लो समय चलचित्र पत्रकारितालाई पनि एउटा अभिन्न बिटको रुपमा लिइएको बताए ।

उनले हरेक पत्रकारहरुमा कुनै न कुनै विषयको विज्ञता हुनुपर्नेमा जोड दिए ।


कार्यक्रममा चलचित्र पत्रकार सघंका केन्द्रिय सदस्य एवं दाङ शाखा अध्यक्ष धुर्वराज न्यौपाने,नेपाल प्रेस युनियन कपिलबस्तुका अध्यक्ष खगप्रसाद चापागाँई,ग्लोबल आवाज बुटवलका सम्पादक गौतम भुसाल,चलचित्र पत्रकार सघं दाङका संस्थापक उपाध्यक्ष एवं सल्लाहकार चेतन रेग्मी,सल्लाहकारहरु बसन्त आचार्य,शरद रेग्मी,दीपक कुमाल लगाएतले बोलेका थिए ।

सघंका उपाध्यक्ष पुर्ण केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गरेकी थिइन ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *