२०८१ मङ्सिर २७ गते बिहिवार

तरुणदल तुलसीपुर नगरद्धारा रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम

तुलसीपुर,असोज २७ । दशैँ,तिहार एवं छठ पर्वको अवसरमा नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिका इकाई समितिले शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम गरेको छ ।

तरुण दल नगर इकाई समितिले शनिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले चाडपर्वको समयमा यहाँका अस्पतालहरुमा बिरामीहरुको लागि रगत अभाव नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्नु आफैमा प्रसंसायोग्य कार्य भएको भन्दै आयोजकलाई धन्यवाद दिए ।

उनले नेपालीहरुको महान् चाड दशै,तिहार र छठ जस्ता चाडपर्वले एक आपसमा आत्मीयता,सद्भाव कायम राख्ने बताए । उनले नेपाली कांग्रेस पार्टीलाई चलायमान बनाउन सधैं एकजुट भएर अघि बढ्न आग्रह समेत गरे ।


नेपाल तरुणदल तुलसीपुर नगरका अध्यक्ष कमल घर्तिको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी,नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सभापति जगत खड्का,३ क का सभापति देवेन्द्र रिजाल,महाधिवेशन प्रतिनिधि देविका नेपाली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु सुशिला सुवेदी,घनश्याम ढकाल,बिमल रिजाल, केउलापति चौधरी,नेका क्षेत्र नं. ३ का क्षेत्रीय सचिव शोभाकर सापकोटा, क्षेत्र नं. ३ ख का सभापति खिमवहादुर वली,नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल, शान्तिनगर गाउँपालिकना अध्यक्ष प्रमोद बस्नेत,तुलसीपुर ५ का वडाध्यक्ष बिरेन्द्र शाह, वडा नं. १० का अध्यक्ष यमराज केसी लगाएतको उपस्थिती रहेको थियो ।


युबा नेता विपिन वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर सचिव केशवराज न्यौपानेले गरेका थिए ।
त्यस अवसरमा १९ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *