काठमाडौं,असोज २७ । सर्वोच्च अदालत असोज २८ गतेदेखि कार्त्तिक ११ गतेसम्म बन्द हुने भएको छ ।
दसैँको अवसरमा घटस्थापनादेखि कोजाग्रत पुर्णिमाका दिनसम्म बन्द हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक भने बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने जनाइएको छ
प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार