२०८१ असोज २४ गते बिहिवार

मनाङ एयरको हेलिकोप्टर दुर्घटना,घाइते पाइलटको उद्धार

सोलुखुम्बु,असोज २७ । मनाङ एयरको हेलिकोप्टर आज बिहान खुम्बु क्षेत्रमा दुर्घटनामा परेको छ ।

लुक्ला विमानस्थलबाट बिहान ७ बजेर १३ मिनेटमा खाद्यान्नको कार्गो बोकेर माथिल्लो क्षेत्र गएको हेलिकोप्टर खुम्बु पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा अवतरण गर्नेक्रममा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टर पाइलट मात्र सवार थिए ।

दुर्घटनामा परी हेलिकोप्टर पूर्ण रूपमा जलेको छ भने पाइलट बाच्न सफल भएका छन् । हेलिकप्टर जलेसँगै घाइते भएका पाइलट प्रकाश सेढाईलाई उपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

घाइते पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन । शरद ऋतुको पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा यो पहिलो हवाई दुर्घटना हो ।

प्रकाशित मिति : २०८० असोज २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *