२०८१ असोज २४ गते बिहिवार

विश्व दृष्टि दिवस ः राप्ती आँखा अस्पतालमा झण्डात्तोलन

तुलसीपुर,असोज २५ । बिहिवार अक्टोवर ११ तारिख अर्थात विश्व दृष्टि दिवस । ‘कार्यस्थलमा आखाँलाई माया गरौँ’ भन्ने मुल नाराका साथ बिहिवार देशैभर विश्व दृष्टि दिवस मनाइएको छ ।

दाङमा पनि नेपाल नेत्रज्योति सघ,आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगन्ज,राप्ती आँखा अस्पताल रक्षाचौरले एक कार्यक्रमका बिच झण्डात्तोलन गरि दिवस मनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले झण्डात्तोलन गरेका हुन ।


त्यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खड्काले आँखा शरिरको महत्वपुर्ण अंग भएकाले यसको हेरविचारमा विषेश ध्यान पु¥याउनुपर्ने बताए ।

उनले स–साना बालबालिकाहरुले हेर्ने दृष्टि कस्तो छ ? कसरी पढ्ने,लेख्ने,खेल्ने गरिरहेका छन भन्ने सवालमा हरेक अभिभावक र विद्यालयका शिक्षक–शिक्षिकाहरुले पनि निगरानी राख्नुपर्ने बताए ।

उनले अभिभावकले आफ्नो कार्यव्यस्तताका कारण छोराछोरीहरुलाई समय कम दिने हुदाँ पछिल्लो समय बालबालिकाहरुमा पनि विभिन्न प्रकारका आँखा सम्बन्धी समस्याहरु देखापर्ने गरेको बताए ।

एकपटक गुमिसकेको ज्योती फर्काउन नसकिने भन्दै नगरप्रमुख खड्काले आम नागरिकहरुमा दृष्टि सम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको बताए ।

साथै उनले अस्पतालसगं सहकार्य गरि उज्यालो अभियान अन्तरर्गत गरिब तथा विपन्न परिवारका व्यक्तीहरुको निशुल्क आँखा उपचारमा सहयोग गर्दै आएको पनि बताए ।


नेपाल नेत्र ज्योती सघं दाङका कोषाध्यक्ष श्याम प्रकाश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सघंका केन्द्रिय सदस्य एब दाङ शाखा अध्यक्ष कृष्ण कुमार गिरीले संसार देखिने आँखाको दृष्टि बचाउ अभियानमा सबै लाग्नुपर्ने बताए । उनले आफ्नो दृष्टिको समयमै ध्यान पु¥याउन नसके भविष्यमा ठुलो दुर्घटना निम्तन सक्ने बताए ।

उनले दृष्टि बचाऊ अभियानलाई गाउँ–बस्तीसम्म पु¥याएर हरेक नागरिकले समय समयमा आँखा चेक जाँच गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न अस्पताल लागि परेको बताए ।

साथै उनले अन्धोपन न्युनीकरणका लागि राप्ती आँखा अस्पतालले विगत केही वर्ष देखि पालिकाहरुसगं सहकार्य गरि उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

त्यस्तै अस्पतालका नेत्र बिशेषज्ञ डा.आरधना पोख्रेलले बच्चा देखि बृद्ध उमेरसम्मका हरेक ब्यक्तिहरुले समय –समयमा आफ्नो दृष्टि जाचँ गर्नुपर्ने बताइन ।

कार्यक्रममा नेपाल पत्रकार महासघ दाङका कोषाध्यक्ष शरद रेग्मी,लायन्स क्लबका डिष्ट्रक चिफ धुर्ब गौतमले सानो गल्ती,लापरबाहीले दृष्टि जान सक्ने भन्दै यसप्रति सबै सचते हुनुपर्ने बताए ।

उनीहरुले अस्पतालले स्थापना कालदेखि दाङ लगाएत विभिन्न दुर्गम जिल्लाहरुमा पुगेर आम नागरिकहरुलाई सेवा दिएर पुण्यको काम गरेको भन्दै प्रसंसा समेत गरे ।

अस्पतालका निमित्त प्रशासक शालिकराम गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए । दिवसका अवसरमा अस्पतालले बिरामीहरुलाई फलफुल वितरण समेत गरिएको थियो ।


यसैबिच राप्ती आँखा अस्पताल रक्षाचौरले स्थापनाकालदेखि हालसम्म ३४ लाख बढीलाई आँखा उपचार सेवा लिएको सुचना अधिकारी बालाराम खड्काले जानकारी दिए ।

ति मध्ये २ लाख १२ हजारलाई मोतिया बिन्दुको सफल अप्रेसन,५ लाख बढीलाई आँखा जाँच सेवा प्रदान गरिएको छ । त्यस्तै ४१ हजार बढीलाई निशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *