दाङ, असोज २५ । दाङको भालुवाङमा यात्रु बहाक बसले पैदल यात्रुलाई ठक्कर एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट सुर्खेत तर्फ जाँदै गरेको ना ७ ख ५९७१ नम्बरको बसको ठक्करबाट कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका – ४ घर भइ दाङको भालुवाङमा ब्यबसाय गरि बस्दै आएका २४ बर्षीय बिजय खनाललाई ठक्कर दिएको थियो ।
बिहीबार बिहान साढे १० बजेतिर बाटो काट्ने क्रममा बसले खनाललाई ठक्कर दिएको थियो । पैदल बाटो काटिरहेका खनाललाई ठक्कर दिएको थियो ।
इलका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार घाइतेलाई उद्धार गरि प्रस्ताबित भालुवाङ अस्पतालमा पु¥याएको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
खनालले भालुवाङमा ब्यबसाय गर्दै आएका थिए । बसका चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८० असोज २५ गते बिहिवार