२०८१ असोज २४ गते बिहिवार

गलत डिजाइन र इञ्जिनियरिङले प्रयोगमा नआउँदै उपयोगहिन बनेको झन्डै एक करोडको चिस्यान केन्द्र

भवन काम नलाग्ने हुँदा पनि ९० लाख भुक्तानी

हेकुली, असोज २४ । यो भवनको दक्षिण तर्फको फलामे ढोका निर्माण सुरु गर्दा जमिनको सतह संग बराबर थियो । त्यो आज जमिन भन्दा झन्डै एक मिटर भन्दा माथि उठी सकेको छ । अब भित्र प्रबेश गर्न छुट्टै भ¥याङ खोज्नु पर्ने अवस्थामा पुगेको छ ।


पूर्व पश्चिम दिशामा निर्मित यो संरचनाको भाग सुरुका दिनमा जमिनको सतह संगै एउटै बराबरी लेबलमा थियो । तर, आज पूर्व तर्फको भाग झन्डै एकदेखि डेढ मिटर माथि उठेको छ भने पश्चिम तर्फ क्रमश होचो छ । जति पूर्व हे¥यो उति यो भवनको जग माथि उठ्दै गएको स्पष्ट जो कोही स्पष्ट भन्न सक्छ भने पश्चिम तर्फ त्यसको ठिक बिपरित होचो छ ।


यो बनाउँदै यस्तै आकार प्रकार र डिजाइनमा बनाइएको पटक्कै होइन । गलत डिपीआर, गलत डिजाइन र गलत इञ्जिनियरिङका कारण क्रमिक रुपमा यो संरचना पूर्व तर्फ जमिन माथि स्वतह टंचिदै र पश्चिम तर्फ भासिदै गएको हो ।


त्यही अस्वभाविक उतार चढावका कारण जस्ता पाताले छाएको छाना र छाना अड्याउन प्रयोग गरिएका फलामे एगंलहरु पनि बीच भागमा सर्पले भ्यागुतो निले जस्तै बनेको छ । बीचको छानाको भागपनि आधा मक्की सकेको छ । झन्डै एक करोड लागतको कोल्डस्टोर भवन प्रयोगमा नआइ उपयोग बिहिन बन्न पुगेपछि सरकारको लाखौं लगानी बालुवामा पानी समान बन्न पुगेको छ ।


कतिपय स्थानीयले यो भवनलाई ‘कागजको डुँगा जस्तै पानीमाथि तैरिरहेको एक करोडको कोल्ड स्टोर भवन’ भन्दै मजाग गर्छन । स्थानीय ४० बर्षीया अम्बिका वलीले भनिन् ‘यो त साना केटाकेटीले गाउँ घरमा खोल्साहरुमा कागजको डँुगा पानी माथि चलाए जस्तै तैरिरहेको छ । यस्को डिजाइन गर्ने कस्ता बेबकुफ इञ्जिनियर रहेछन् यत्तो संरचना बनाउँदा कस्तो गलत डिजाइन गरेछन् ।’


यो चिस्यान केन्दको भवन दंगीशरण गाउँपालिका वडा नं. ३ को हेँकुली चोकको सम्मुश पश्चिममा निर्माण गरिएको छ ।
रावत गाउँकी वलीले बनाउन सुरु गर्दादेखि नै यो नियाल्दै आएको बताइन । ‘सुरुमा यो ढोका र जमिनको लेबल बराबर थियो,’ उनले भनिन् ‘ तर, आज यो जति पानी पर्दै जान्छ ढोका माथि माथि उचालिदै उक्लनै नसक्ने उचाइमा पुगि सकेको छ ।’ कागजको डुँगा तैरिय जस्तै गरि जमिन मुनिको पानीले भवनलाई ढकल्दै (ठेल्दै) माथि माथि उचाल्दै लगेको हुनुपर्ने वलीले अनुमान गरिन ।


‘हेर्नुसहोस, यी आसपासमा सर्वसाधारणका माटोको कच्ची हुन वा सिमेन्टका पक्की घरहरु बर्षौंदेखि केही भएका छै्रनन् ,’ वलीले अगाडि भनिन् ‘ सर्वसाधारण घर केही नहुने र सरकारी लाखौं रुपैंया खर्चिएर बनाइएको कोल्ड स्टोरको भवन पानी माथि तैरिदै जान्छ भने लापरवाही वा गलत इञ्जियिनरिङ हो भन्ने स्पष्ट हुनु हो।’ उनले दोषी माथि कानुनी कारबाहीको माग गरिन ।


निर्माण गर्दा बखत नै चिस्यान केन्द्रको भवन गाडीका टायर (पाँङग्रा) हिडे जस्तै यता उता आँफै हिड्ने गरेको वलीले देखेकी थिइन । ‘यो बनाउँदै खेरी नै गाडीका टायर हिडे जस्तै आँफै यता उता हिडी राख्थ्यो,’ उनले थपिन ‘ त्यति देख्दा देख्दै पनि यो भवन नबनाएको भए आज राज्यको लाखौं रकम खोलामा बगाए जस्तै गरि क्षति हुने थिएन।’


किसानका लागि आवश्यक बिउ विजन र स्थानिय स्तरमा उत्पादित कृषि उज भण्डारण गरि भविश्यका लागि राख्ने उदेश्यका साथ निर्माण गरिएको भवन प्रयोगमा नआउँदै काम नलाग्ने भएपछि सर्वसाधारण अन्यौंलमा परेका छन् । कतिपय गाउँलेहरु त त्यो भवनमा देबी देबताका शक्ति पिठहरुमा जस्तै पशु वली (भोक) खोजेको हुनुपर्ने आशंका गर्न थालेको अम्बिकाले बताइन ।
कोल्डस्टोर नजिकै भेटिएकी ६१ बर्षीया राम्जु गिरीले पनि निर्माणको सुरुदेखि नै भवन आँफै यता उता हल्लिने गरेको र निर्माण सकेपछि फेरि त्यसैगरि हल्लिदै भवन काम नलाग्ने हुन पुगेको बताइन ।


‘कोल्डस्टोर प्रयोगमा नआउँदै काम नलाग्ने हुनु प्राबिधिककै कमी कमजोरीका कारण भएको भन्नेमा कुनै आशंका छै्रन,’ उनले भनिन् ‘ यहाँ जग खन्दा खेरि नै धेरै पानी आएको थियो भने सामान्ने मान्छेले पनि त्यस्तोमा घर बनाउँदैन थियो होला भने त्यत्ता पढे लेखेका इञ्जिनियर हौं भन्नेहरुको दिमाग कहाँ गयो होला ।’


उनले पनि जमिन मुनिकै पानीका कारण भवन माथि माथि उचालिदै काम नलाग्ने अवस्थामा पुगेको हुनुपर्ने अनुमान गरिन ।
कोल्ड स्टोरको सम्मुख सडको दक्षिण तर्फ घर भएकी ४५ बर्षीया कमला रेउले पानी आउँदा कोल्डस्टोर भवन भित्र बम पड्के जस्तै आवाज आउने हुँदा डर लाग्ने गरेको बताइन ।


‘ पानी पर्दा यो भवन बम पड्के जस्तै पड्किन्छ र हामीलाई यसको वरपर जानपनि डर लाग्ने गर्छ,’ रेउलेले भनिन् ‘ यो भवन निर्माण गर्दा नै यहाँ पानी धेरै भएर डुँगा लगाए जस्तै हुन्थ्यो, त्यही माथि भवन बनाउनु मुर्खता थियो।’ सोही स्थानमा भैंसी चराउँदै गरेकी ३९ बर्षीया रिना वलीले रेउलेको कुरामा सही थप्दै आँफै कुरा थालेकी थिइन ।


‘ तल राम्रो संग जग बलियो नबनाएकै कारण यो भवन काम नलाग्ने भएको हो,’ वलीले भनिन् ‘ जग कमजोर हुनु र डिब्बा जस्तो संरचना बनाएपछि बर्षामा पानीले यता उता गराउने नै भयो ।’ बनाउन सुरु गर्दा खेरी नै त्यहाँ पानी भरीभराउ रहेको र त्यसमाथि डुँगा वा डिब्बा जस्तो संरचना बनाइएपछि त्यो आँफै यता उता हल्लिन सुरु गरेको उनले जानकारी दिइन ।


कुरा सुनिरहेकी अर्की एक महिलाले पनि हात्ती पाइलेको जस्तै जग जमिन मुनी नबनाई कमजोर जग माथि संरचना बनाउने ठूलो कमजोरी प्राबिधिकले गरेको बताइन । गलत डिजाइनकै कारण भवन डुँगा जस्तै यता उता हल्लिने अवस्थामा पुगेर काम नलाग्ने भएको उनले आफ्नो बुझाइ राखिन । ‘एउटा मानिले हल्लाउँदापनि यता उता सजिलै सर्ने भवन कसरी काम लाग्छ,’ आक्रोस भावमा उनले भनिन् ‘ यो सबैको परिनाम इञ्जिनियरको डिजाइनले फेल खाएको हो भन्न सकिन्छ ।’


नजिकै चिया चोकमा भेटिएका एक युवाले कोल्डस्टोरको डिजाइन गर्ने इञ्जियिनर र डिपीआर तयार पार्ने प्राबिधिकलाई पुरस्कार दिनुपर्ने भन्दै ब्यंज्ञ गरे । ‘ बरु यो भन्दा राम्रो र बलियो संरचना स्थानीय जस्लेपनि बनाउन सक्थ्यो होला,’ उनले भने ‘ सुरुदेखि नै समस्या देखिएको भवन बनाएर काम लाग्दैन भन्ने जान्दा जान्दै पैंशा पचाउन गरिएको खेलखण्डको यो नमुना हो भन्नु पर्छ ।’


भनव काम नलाग्ने भयो भन्ने जान्दा जान्दै भुक्तानी माग्ने र दिनेको बीचमा मिलेमतो रहेको हुँदा उनीहरु सबैलाई कारबाही हुनुपर्ने उनको माग थियो ।


नेकपा एमालेबाट निर्वाचित तत्कालिन गाउँपालिका अध्यक्ष भागिराम चौधरीले एमालेकै जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतका भान्जा नाता पर्ने वशन्त वलीलाई सेटिङमा पेटी ठेकेदारका रुपमा काम गर्न दिएको उनले आरोप लगाए । ‘भवन काम नलाग्ने भयो भन्ने जान्दा जान्दै निर्मांण पुरा भएको भन्दै भुक्तानी दिन लगाउनले पनि राजनीतिक दबाबले गर्दा भएको हो,’ उनले भने ।

आफ्नै वडामा चिस्यान केन्द्र बन्न थालेपछि अघिल्लो कार्यकालमा वडा सदस्य रहेका र अहिलेका वडाध्यक्ष शुकलाल चौधरीले निकै खुसी थिए । तर, आज चिस्यान केन्द्र प्रयोगमा नआइ काम नलाग्ने भएपछि सोही बिषय आज टाउको दुखाइ बनेको वडाध्यक्ष चौधरीे बताए ।

‘ मलाई वडाबासीले प्रयोगमा नआइ जिर्ण बनेको चिस्यान केन्द्रको बारेमा सोधेर हैरान बनाउनु हुन्छ,’ वडाध्यक्ष चौधरीले भने ‘त्यतिखेर म कार्यापालिका सदस्य थिएन र यो निर्माण प्रक्रियामा मेरो कुनै भूमिका छैन भन्दै आफ्नो टाउको जोगाउँदै आएको छु ।’


चिस्यान केन्द्र निर्माण गर्दा माटो परिक्षण नै नगरी हचुवाको भरमा निर्माण गर्दा यस्तो परिनाम आएको मान्न सकिने वडाध्यक्ष चौधरीले तर्क गरे । चिस्यान केन्द्र निर्माण हुँदै गर्दा स्थानीय किसान उत्साहित रहेपनि अहिले त्यो प्रयोगमा नआउँदै जिर्ण बनेपछि उनीहरु निराश बनेको वडाध्यक्ष चौधरीले सुनाए ।


‘ गलत डिपीआर, गलत डिजाइन र गलत इञ्जिनियरिङका कारण यो प्रयोगमै नआई जिर्ण भएको हो भन्नेमा कुनै आशंका छैन,’ चौधरीले भने ‘ यसबाट राज्यको लाखौं रकम खेर गएको हुँदा दोषी उपर छानविन गरि कारबाही हुुनु पर्छ ।’
जमिनको सतह नजिकै प्रसस्तै पानी भएको ठाउँमा खाडल खनेर काजगको ढुँगा (काटुन जस्तै) गरि १६ कोठे भवनको संरचना निर्माण गरिएको हुँदा समस्या भएको उनले विश्लेशन गरे ।

‘कुनैपनि पिलरहरुमा बिमहरु साइड साइडमा नफसाएर जमिन मुनी सोलिङ मात्रै गरि खाली डिब्बा वा काटुन जस्तो मात्रै संरचना बनाइएको मैले देखेको थिए,’ वडाध्यक्ष चौधरीले भने ‘ जबकी यहाँ पानी एकदमै माथिल्लो सतहमा पाइने हुँदा सोही जमिन मुनीको पानीले डिब्बा जस्तो संरचना माथि माथि उतारेको हो ।’


गाउँपालिका अध्यक्ष शम्भु गिरीले आँफु भन्दा अघिल्लो कार्यकालमा निर्मित संरचना भएपनि अहिले त्यो आँफुहरुको समेत आलोचनाको बिषय बन्न थालेको बताए । ‘ आज सबैले हामीलाई गाली गरि रहेका छन्,’ उनले भने ‘ यो हामी आउनु भभ्न्दा पहिलै बनेको संरचना हो भनेर संझाउने कोसिश गर्दै आएका छौंं।’


यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पूर्ण कागजात लगेर अनुसन्धान गरि रहेको हुँदा आँफुले अहिलै कुनै प्रतिक्रिया नदिने उनले बताए ।

के भन्छन् इञ्जिनियर ?

गाउँपालिकाका इञ्जियिनर प्रमोद गौतमले पनि जमिन मुनीको पानीको टेबल (फलक्च्यूसन) ख्याल नगरी गलत डिजाइनबाट निर्माण गर्दा समस्या पैदा भएको बताए । ‘ यहाँ भवन बनाउँदा पुसमा पानीको लेबल हेरियो होला,’ उनले भने ‘ तर, असार साउनमा त्यो पानीको लेबल तलमाथि हुन्छ भन्ने कुरा ननापेरै अर्थात ख्याल नगरी स्टक्चर निर्माण गर्दा समस्या भएको मलाई लाग्छ ।’


जमिन मुनीको पानीका कारण भवन माथि उचालिएको उनले दाबी गरे । बिगतमा पनि यस्तो समस्या आएको तर आँफुहरुले पानी बाहिर पठाइ समस्या समाधान गरेको इञ्जिनियर गौतमले जानकारी दिए ।


भवनको तलबाट वरिपरी पाइप लगाइ पानी बाहिर फाल्ने प्रबिधिबाट समस्या समाधान गरिएपनि एक बर्ष पछि पाइपमा लेदो जमेर पानी जान छोडेको हुँदा फेरि जमिनको सतह भन्दा निर्मित संरचना पानीको प्रेसरका कारण क्रमिक रुपमा माथि माथि उचालिदै गएको उनले तर्क गरे ।


‘ यो हाम्रो पहिलो प्रयोग हो र कँही पनि सायद यस्तो प्रयोग भएको छैन होला,’ गौतमले भने ‘ एक बर्ष त्यसले काम गरेपनि पाइपमा माटो जाम भएरै होला सायद फेरि समस्या बढेर गएको छ ।’ अब यो भवन प्रयोगमा ल्याउन सक्ने कुनै बिकल्प छ ? भन्ने प्रश्नमा – इञ्जिनियर गौतमले एक तला मात्रै प्रयोगमा ल्याए संचालनमा ल्याउन सक्ने संभावना औंल्याए ।


‘ हेर्नुस मैले त्यो संभव देख्छु किनभने अहिले सम्म स्ट्रक्चरमा अहिले सम्म कुनै क¥याक आएको छैन, स्ट्रक्चर एक दमै फाइन छ,’ उनले थपे ‘ तलको तलालाई पुरै भाटेर माथिको तला मात्रै रन गर्न मिल्छ भन्ने मलाई लाग्छ ।’ तर, त्यसको लागि फेरि थप खर्च भने अवस्य लाग्ने उनले बताए । तल्लो तलालाई पुरै ढुँगा माटो वा बालुवाले पुरेर भार बढाएर बसाउन सके माथिल्लो तला प्रयोगमा आउन सक्ने उनको अनुमान थियो ।


जमिनको सतह भन्दा पानीले उचालेकै कारण ढोका धेरै माथि पुगेको भएपनि त्यसलाई फेरि पूर्ववत अवस्थामै जमिनको सतहमा झार्न माथिबाट थप भार (वयट)ले थिच्न सकिने उनले औंल्याए । ‘ पहिलेपनि हामीले पानी डिस्चार्ज गरेपछि त्यो ढोका जमिनको सतहमा बसेर बराबर लेबलमा आएको थियो,’ उनले भने ‘ अबपनि त्यो भवनको संरचनालाई माथिबाट थप वयटले थिच्न आवश्यक छ भन्ने मलाई लाग्छ ।’


ढुँगा, इट्टा वा माटोको भार थपेर माथिबाट थिच्न सकिने उनले बताए । तर त्यो बिधिपनि एउटा परीक्षणकै कुरा हुने भएको हुँदा सत प्रतिसत त्यसले काम गर्छ भन्ने सक्नेमा ज्ञारेन्टी भने लिन नसक्ने धारणा राखे । यस्तो समस्या अहिले सम्म कँहीपनि नआएको हुँदा एक बर्ष परीक्षण गरेपछि मात्रै भन्न मिल्ने उनको तर्क थियो ।


समस्या उत्पन्न भएपछि डिपीआर गर्ने मुनलाइट कन्सल्टेन्सीलाई पत्र काटिएको र उस्ले आइ हेरेर गएको इञ्जिनियर गौतमले जानकारी दिए । उस्ले रिपोर्ट दिएपछि त्यसलाई कार्यपालिकाबाट पास गरि फेरि अगाडि बढ्ने सोच रहेको उनले जानकारी दिए । ‘ बिगतमा काम गर्दा गल्ती भएकै हो,’ उनले भने ‘ अब यस्लाई सच्याउनुको बिकल्प छैन ।’


कार्यापालिका भरखरै सुरु भएको समयमा डिपीआर गर्ने दक्ष जनशक्तिको अभाव र कोल्ड स्टोर कसरी बनाउने भन्ने प्रयाप्त प्राबिधिक ज्ञान नहुँदा समस्या आएको उनले स्वीकार गरे । ‘सुरुको फेजमा सबै नयाँ थियो र डिपीआर भन्ने कुरा नि कतिलाई थाहाँ नै थिएन,’ उनले भने ‘ गर्ने ले गल्ती गरे अब यस्लाई सच्याएर प्रयोगमा ल्याउनुका बिकल्प छैन ।’ नयाँ नयाँमा सिक्ने बेलामा भएको गल्तीको उपज यस्लाई मान्नु पर्ने उनको तर्क थियो ।

यो कोल्ड स्टोर भवन झन्डै चार बर्ष पहिले २०७६ सालको कात्तिक मंसिर महिनादेखि निर्माण सुरु भएको हो । गत बर्ष असोजमा भवन निर्माण कार्य पुरा भएको हो ।


हाल कार्यरत गौतम आउनु भन्दा एक बर्ष पहिले नै यो कोल्ड स्टोर भवन निर्माणको काम सुरु भइ सकेको थियो । दुइ तले चिस्यान केन्द्रको लगभग जमिन मुनीको फाउन्डेसनको काम सुरु भइ सकेको थियो ।


दंगीशरण गाउँपालिका वडा नं. ३ को हेँकुली चोकको सम्मुश पूर्वमा निर्माण गरिएको यो कोल्ड स्टोरको भवन बनाउन गाउँपालिकाको आधा र प्रदेश सरकारको आधा गरि एक करोड दश लाखमो डेन्डर आह्वान भएको इञ्जिनियर गौतमले बताए । झन्डै ९२ लाखमा घोराहीको लोकमणि विल्डर्सले निर्माण गर्ने काम पाएको थियो । उस्ले पेटी ठेकेदारको रुपमा काम गर्ने जिम्मा स्थानीय वशन्त वलीलाई सम्पुेको थियो ।


कोल्ड स्टोर प्रयोगमा नआइ काम नलाग्ने भइ सकेपनि निर्माण कम्पनीले ९० लाख रकम भुक्तानी पाइ सकेको गाउँपालिका प्रशासन शाखाले जानकारी दिएको छ । ठेकेदार कम्पनीको साढे चार लाख धरौटी भने बाँकी रहेको छ ।


त्यतिखेर कोल्डस्टोर भवनको डिजाइन गर्दा इञ्जिनियर अंकित आचार्य थिए । जो यतिखेर अमेरिकामा रहेको गौतमले बताए ।
झन्डै एक करोड लागतको कोल्ड स्टोल काम नलाग्ने भएको बारे कुरा गर्न खोज्दा कामको जिम्मा लिएको लोकमणि बिल्डर्ससंग कुरा गर्ने प्रयार संभव भएन ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *