तुलसीपुर,असोज २४ । तुलसीपुर उपमहानगरपालिकाले प्लाष्टिकजन्य फुल गुच्छाको उत्पादन, आयात, बिक्रीवितरण तथा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाउने भएको छ ।
उपमहानगरले एक सूचना जारी गरी नेपाल सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार रोक लगाउने निर्णय गरेको जनाएको छ ।
यस्तै आउँदै गरेका दशैँ, तिहार र छठ पर्व जस्ता चाड पर्वहरूमा प्लाष्टिकजन्य फुल, माला तथा बाहिर पाल टाँगेर बिक्री वितरण गर्न राखिएका विभिन्न प्रकारमा मिठाईहरू, लेबल नखुलाई प्याकिङ गरिएका उपभोग्य सामाग्रीहरू प्रयोग नगर्न समेत उपमहानगरले जनाएको छ ।
यस्तै अनुगमनका क्रममा नेपाल सरकारको उक्त निर्णय विपरित कुनै कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने समेत सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार