२०८० मङ्सिर १६ गते शनिवार

लमहीमा बहुला कुकुरको टोकाइबाट एउटै वडाका १० जना घाइते


लमही,असोज २४ । लमही नगरपालिका वडा नं‍‍‍ ७ वनगईमा बहुला कुकुरको टोकाईबाट एकै दिन १० जना घाइते भएका छन् ।

सोमबार बहुला कुकुरले टोक्दा लमही नगरपालिका वडा नम्बर ७ बन्गै निवासी बर्ष ३९ का भोजलाल चौधरी, सोही ठाउँ निवासी बर्ष ३७ का शोभाराम शर्मा, बर्ष ७२ का रामु चौधरी, बर्ष ४२ का मखिलाल चौधरी, बर्ष ५५ कि शान्ती चौधरी, बर्ष ५५ कि जानकी चौधरी, बर्ष ८ कि सीता चौधरी र गढवा गाउँपालिका वडा नम्बर ५ निवासी बर्ष ३५ का रेवती यादव घाइते भएमा हुन ।

त्यस्तै विद्यालय जाँदै गरेका विद्यार्थी बन्गै निवासी बर्ष १३ कि बिष्णु चौधरी र बर्ष ९ कि अनुस्का चौधरीलाई टोक्दा उनिहरु पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरू सबैको लमही अस्पतालमा रेविज विरुद्ध खोप नभएपछि बिरामीहरू आफै बुटवल र नेपालगन्ज गएको पारिवारिक स्रोतले जनाएको छ ।

बहुला कुकुरको टोकाईबाट कमानपुर, बन्गै र हसनापुर गाउँका स्थानीय त्रसित भएका छन् ।

घटना निम्त्याउने कुकुरलाई स्थानीयले मारेर गाडिसकेका छन् भने अन्य कुकुर पनि बहुलाएको हुन सक्ने भएकाले स्थानीय त्रसित बनेको स्थानीय बासी राजु पुनले बताए ।

बहुला कुकुरको बिगबिगी बढ्ने सङ्केत देखिएपछि लमही नगरपालिका ७ का वडाध्यक्ष मोहन गिरीले सबैलाई सचेत हुन आग्रह गरे । उनले कुकुरको व्यवस्थापन तथा उपचारका लागि आफू लागि परेको बताए ।

वडाअध्यक्ष गिरिले अन्य कुकुरको अनुसन्धानका लागि पशु स्वास्थ्य शाखामा निर्देशन दिएको समेत बताए ।

प्रकाशित मिति : २०८० असोज २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *