नारायणपुर, असोज २३ । नारायणपुर उद्योग वाणिज्य संघको आयोजनामा दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
संघले आज मंगलबार एक कार्यक्रमको आयोजना गरी संघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले उद्योग व्यवसायका क्षेत्रमा तथा उद्योगी व्यवसायीका हकहितका पक्षमा सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले व्यावसायिकका पक्षामा दाङ जिल्लामा रहेका सबै उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
व्यवसायीका हकहितका साथै दाङको विकासका लागि जिल्लाका संघसँग सहकार्य गर्नुका साथै दाङलाई पर्यटकीय हब बनाउन व्यवसायी लाग्नुपर्ने बताउँदै जिल्लालाई पर्यापर्यटनका रूपमा अगाडि बढाउन लागिपर्ने बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष दानबहादुर बुढाथोकी, गोपाल लम्साल, मानार्थ सदस्य माधवप्रसाद पाण्डे, दाङ जिल्ला उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठ, वाणिज्य उपाध्यक्ष लिलाराम खड्का, उद्योग उपाध्यक्ष ध्रुवराज गहतराज, महासचिव महेन्द्र बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष अभियान बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
संघका निवर्तमान अध्यक्ष महेन्द्र दाहालको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण महासचिव बसन्त न्यौपानेले गरेका थिए ।