काठमाडौं, असोज २२ । हमासको आक्रमणबाट इजरायलमा रहेका दश जना नेपाली विद्यार्थीको मृत्युको शोकमा सरकारले मंगलबार बिदा दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले शोक बिदा दिने निर्णय गरेको हो।
इजरायलमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश फिर्ता ल्याउने निर्णयपनि गरेको छ ।
सरकारले मृतकका परिवारलाई जनही १० लाख रूपैयाँका दरले राहत दिने निर्णयपनि गरेको छ ।
प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार