२०८१ मङ्सिर १७ गते सोमवार

लुम्बिनीका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटना,मन्त्रीसहित चार जना सामान्ने घाइते

तुलसीपुर, असोज २२ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी सोमबार दिउँसो तुलसीपुरमा दुर्घटनामा परेको छ ।

उपमहानगरपालिका वडा नं. १२ सितलपुरको घुम्तीमा सोमबार दिउँसो चार बजेतिर मन्त्री सवार लु १ झ ७३८ नम्बरकोे गाडी दुर्घटनामा परेको हो ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालय तर्फ जाँदै गरेको गाडी दुर्घटनामा परि अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्ने घाइते भएका छन् ।

अर्थमन्त्रीसहित सबै चारै जना घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।
बच्चा जोगाउनका लागि चालकले गाडी खाडलमा हाल्नु परेको पौडेलले जानकारी दिए ।

बिद्यालय छुट्टी पछि दौडिएर घर तर्फ जान थालेका एक जना बालकलाई जोगाउनका लागि चालकले गाडी झाडी युक्त खाल्डोमा हालेको पौडेलले जानकारी दिए ।

स्वकीय सचिव पौडेलका अनुसार उनको खुट्टा चोटका कारण सुन्निएको छ । त्यस्तै चालकलाई टाउकोमा र पिएसोलाई पनि हात खुट्टामा सामान्ने चोट रहेको छ । अर्थमन्त्री मास्कीलाई पनि हात खुट्टामा समान्ने चोट पटक रहेको स्वकीय पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *