२०८१ फाल्गुन ७ गते बुधवार

परिवारका एक्ला छोरा प्रबेशको हमास हमालामा मृत्युको खबरले सल्यानको साहुटोल शोकमा

सल्यानकै प्रमोद केसीको उपचार जारी

दाङ, असोज २२ । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणबाट सल्यान शारदा नगरपालिका – ३ का साहुटोलका २४ बर्षीय प्रबेश भण्डारीको मृत्युको खबरले साहुटोल शोकमा डुबेको छ ।
प्रमोद परिवारका एक्ला छोरा थिए ।

शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले प्रबेशको मृत्युको खबर पछि साहुटोल शोकमा डुबेको जानकारी दिए ।
छोराको मृत्युको खबर पछि ४४ बर्षीया आमा चन्द्रिका भण्डारी र सुर्खेत बिबाह भएकी प्रबेशकी दिदी प्रतिक्षा भण्डारी अचेत अवस्थामा रहेको हुँदा उपचार जारी रहेको मेयर भण्डारीले बताए ।

४५ बर्षीय बुवा चक्रबहादुर भण्डारीले आँफुले ज्याला मजदुरी गर्दै हुकाउँदै उच्च शिक्षासमम पढाएको एक्लो छोरा प्रबेशलाई गुमाउँदा भविश्यको साहारा गुमाएका छन् ।

प्रबेश सानैदेखि पढाइमा अब्बल रहेको र उनले कक्षा १ देखि उच्च शिक्षासम्म छात्रबृत्तिमा निशुल्क पढेको बुवा चक्रबहादुरले जानकारी दिए ।

प्रबेशले दाङको तुलसीपुरस्थित गोरखा उच्चमाविबाट बिएससीको पढाई पुरा गरेका थिए । सल्यानका प्रमोद केसीको इजरायलमा उपचार जारी रहेको दुताबासले जानकारी दिएको छ ।

प्रबेशको मृत्यु पारिवारीक रुपमा ठूलो क्षति मात्रै नभइ सल्यान र शारदा नगरपालिकाले नै एउटा भविश्यको चम्किलो तारा गुमाएको मेयर मण्डारीले बताए ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *