२०८१ असोज २४ गते बिहिवार

हमास हमालामा ज्यान गुमाएका दश जना नेपाली बिद्यार्थीको पहिचान खुल्यो

दाङका प्रबीण डाँगीसहित केहीको उपचार जारी

दाङ, असोज २२ । हमासले इजरायल माथि गरेको हमलामा परि मृत्यु भएका दश जना नेपाली मृत्यु भएको छ । आक्रमणमा मारिनेहरु त्यहाँ अध्यनका लागि गएका बिद्यार्थीहरु हुन । उनीहरु एक महिना पहिले मात्रै त्यहाँ पुगेका थिए ।

इजरायलस्थित नेपाली दूतावासले सल्यान शारदा नगरपािलका – ३ साहुटोलका २४ बर्षीय प्रवेश भण्डारी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपाने, डोटीका राजन फुलरा र पदम थापा, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, बझाङका गणेश कुमार नेपाली, धनुषाका आनन्द साह, सुनसरीका राजेशकुमार स्वर्णकारको हमासको बमबारी र आक्रमणमा परि मृत्यु भएको जानकारी दिएको छ ।

कञ्चनपुरका विपिन जोशीको अवस्था हालसम्म अज्ञात रहेको दूतावासले उल्लेख गरेको छ । हमासको आक्रमणमा परि दाङको दंगीशरण गाउँपालिका – ३ हेकुलीका २३ बर्षीय प्रविण डाँगीसहित, सल्यानका विधान सेजुवाल र गोरखाका हिमांचल कट्टेलको इजरायलमै उपचार जारी रहेको जानकारी दिइएको छ ।


त्यस्तै सल्यानका प्रमोद केसी र कैलालीका धनबहादुर चौधरी र वीरेन्द्र चौधरी सकुशल रहेको दूतावासले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *