पाल्पा,असोज २२ । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका-१ का ३० वर्षीय धनवीर खड्का रहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
रामपुर नगरपालिका-१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडकखण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झरेको थियो।
दुर्घटनालगत्तै प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय, रामपुरबाट खटिएको प्रहरी टोलीले घाइते खड्काको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियो।
उनको उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार