२०८१ माघ ३ गते बिहिवार

खुट्टामा गोली लागेका हेकुलीका प्रबीन डाँगीको इजराइलमा उपचार जारी (अपडेट)

दाङ, असोज २१ । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणबाट घाइते भएका दाङको दंगीशरण गाउँपालिका – ३ हेकुलीका २३ बर्षीय प्रबिण डाँगीको इजरायलको अस्पतालमा उपचार जारी रहेको खबर प्राप्त भएको छ ।

बुवा निमबहादुर डाँगीले छोरा प्रबीन संग सम्पर्क आइतबार दिउँसो २ बजेपछि छोटो कुरा गरेको जानकारी दिएका छन् ।


छोराले आफ्नो एउटा खुट्टी घुँडा मुनिबाट छिनालिएको र अर्कौ खुट्टामा गोली लागेको कुरा गर्ना साथ नर्सले फोन खोसेको बुवा निमबहादुरले संचारमाध्यमलाई जानकारी दिएका छन् ।


प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट इजरायलमा आक्रमण गर्दा आफ्नो कान्छो छोरा प्रबिण शनिबार मध्यान्ह १२ बजेपछि सम्पर्क बिहीन बनेको यअसघि बुवा निमबहादुरले जानकारी दिएका थिए ।

उनले छोराको उपचार र सुरक्षाको लागि संरकार संग मागपनि गरेका छन् ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *