२०८१ असोज २४ गते बिहिवार

इजरायलमा रहेका हेकुलीका प्रबिण डाँगी २४ घन्टादेखि सम्पर्क बिहीन

दाङ, असोज २१ । युद्धरत मुलुक इजरायलमा रहेका दाङको दंगीशरण गाउँपालिका – ३ हेकुलीका २३ बर्षीय प्रबिण डाँगी बितेको २४ घन्टादेखि सम्पर्क बिहीन रहेपछि घर परिवार चिन्तित बनेका छन् ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट इजरायलमा आक्रमण गरि रहेको समयमा आफ्नो कान्छो छोरा प्रबिण शनिबार मध्यान्ह १२ बजेपछि सम्पर्क बिहीन बनेको हुँदा चिन्ता बढेको बुवा निमबहादुर डाँगीले बताए ।

बिएससी एजी पुरा गरेपछि प्रबिण भदौ २६ गते सुदुरपश्चिम विश्वविद्यालयको कृषि संकायको ‘अर्न एन्ड लर्न प्रोग्रोम’ अन्तरगत इजरायलको गाजामा पुगेको बुवा निमबहादुरले जानकारी दिए ।

इजरायलको गाजा क्षेत्रमा रहेको एउटा कुषि फर्मका लागि भनेर उनी त्यहाँ पुगेका थिए । छोरा सम्पर्क बिहीन बनेदेखि घरमा आगो नबलेको बुवा निमबहादुरले बताए । उनले छोराको अवस्था सार्वजनिक गर्न, उद्धार तथा सुरक्षाको लागि बिशेष पहल नेपाल सरकारलाई आग्रह गरेका छन् ।

शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै १४ जना नेपाली काम गर्ने इजरायली कृषि फार्ममा आक्रमण भएको खबर आएको उल्लेख गरेको छ । ती नौं जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा ४९ नेपाली विद्यार्थी मध्य ११ जना छात्रा रहेको उल्लेख गरेको छ । प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का उनीहरु भदौ महिनामा त्यहाँ पुगेका थिए । नेपाल सरकार परराष्ट्र मन्त्रालयले इजरायली भूमिमा आतंकवादी आक्रमणको निन्दा पनि गरेको छ ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *