२०८० मङ्सिर २३ गते शनिवार

सल्यान बस दुर्घटना : मृतक दुई महिलाको पहिचान, ६ जना गम्भीर घाइते (अपडेट)


दाङ,असोज २० । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको बस दुर्घटनामा परेर २ जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ कि सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका ६ कि अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

तुलसीपुरबाट सल्यानको जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस शनिवार दिउसो दुर्घटना भएको थियो ।

कपुरकोट गाउँपालिका ३ मूलपानी नजिकै भएको दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।

बसमा २९ जना सवार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सल्यानले घाइतेलाई तुलसीपुर अस्पताल पठाइएको जनाएको छ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *