दाङ,असोज २० । सल्यानमा बस दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ ।
दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका –३ मुलपानी नजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएको मुलपानी बनस्पती कार्यालयका प्रमुख मित्र पाठकले बताए ।
उनका अनुसार २ जना महिलाको घटनास्थलमै मृत्यु भएको र उनिहरुको परिचय खुलेको छैन् । आफुहरु अहिले घाइतेहरुको उद्धार गरिहरकोले घटनाबा विवरण केहि समय पछि आउने उनको भनाई छ ।
घटना स्थिलमा प्रहरी चौकी कपुरकोटबाट प्रहरी पुगेर उद्धार गररिहेको छ । बसमा करिब १६ जना जति यात्रुहरु रहेको र केही सकुशल रहेको एक यात्रुले बताए ।
प्रकाशित मिति : २०८० असोज २० गते शनिवार