२०८१ माघ ९ गते बुधवार

तुलसीपुरमा श्रीमान श्रीमतीको शव फेला

तुलसीपुर, असोज २०। तुलसीपुरमा श्रीमान श्रीमतीको शव फेला परेको छ ।

शनिबार विहान तुलसीपुर उपमहानगरपालिका वडा ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशिल भण्डारी र अन्दाजी २१ वर्षीया पवित्रा डाँगी भण्डारीको शब फेला परेको प्रहरीले बताएको छ ।

सुशिलको शव झुण्डिएको अवस्थामा र पवित्राको शव वेडमा फेला परेको हो । पवित्राको टाउकोमा चोट र नाक, मुखबाट रगत निस्किएको प्रहरीले बताएको छ ।

सल्यान त्रिवेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङ घर भइ भण्डारी दम्पत्ती करिब डेढ महिना पहिले विवाह गरेर बेलुवामा कोठा भाडा लिइ मजदुरी काम गर्दै आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए ।

उनका अनुसार श्रीमान श्रीमती विगत दुई दिनदेखि कोठा बाहिर ननिस्किएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी निरीक्षक केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले ढोका खोल्दा एक जनाको शव झुण्डिएको अवस्थामा र एक जनाको शव वेडमा फेला पारेको हो ।

श्रीमानले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको आशंका छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *