तुलसीपुर,असोज २० । बिजौरी उद्योग वाणिज्य सघंले नेपालीहरुको महान पर्व वडादशैं,दिपावलि र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
शनिवार सघंको आकस्मिक बैठकले नजिकिदैं गरेका चाडपर्वहरु वडादशैं,दिपावलि र छठ पर्वलाई मध्यनजर गरेर यहि असोज २९ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निणर्य गरेको हो ।
सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा बसेको बैठकले भर्खरै सरुवा भएर तुलसीपुर आएका इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोख्रेललाई स्वागत सम्मान गर्ने र पत्रकारहरुसगं परिचयात्मक कार्यक्रम गर्ने निणर्य गरेको छ ।
उक्त बैठकले बिजौरी उद्योग वाणिज्य सघंको विधान संसोधन गर्ने निणर्य गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार सघंका कानुनी सल्लाहकार एवं वरिष्ठ अधिवक्ता विष्णुमणी धिताललाई यसको जिम्मा दिइएको छ ।
त्यस्तै रुण्टीगढी गाउँपालिका वडा नं. ६ र ८ मा पर्ने रानीवास ग्वारखोलामा पुल निमार्ण गर्नका लागि सम्बन्धित निकाएबाट सिफारिस प्राप्त भएकोले उक्त सिफारिस सहित लुम्बिनी प्रदेश कार्यालयमा डेलिगेशनका लागि जाने, बजारलाई सुन्दर र सफा राख्नका लागि यस अघि छुटेका व्यवसायीहरुलाई दोश्रो चरणमा डस्वीन वितरण गर्ने र भर्खरै सम्पन्न दाङ जिल्ला उद्योग वाणिज्य सघंका निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई दिने निणर्य गरेको महासचिव बस्नेतले जानकारी दिए ।