सल्यान, असोज १९ । सल्यानको छत्रेश्वरी गाउँपालिकाले शंखमुल दारिमज्यूला खर्सुबास जयचौर सडक खण्डको स्तर वृद्धिको काम सुरु गरेको छ ।
सडक स्तरवृद्धिका लागि विहीबार सर्भे गरिएको छ । छत्रेश्वरी गाउँपालिकाको ८० लाख र संघीय समपुरक अनुदानको ८० लाख गरि एक करोड ६० लाखमा सडक स्तर उन्नती गर्न लागिएको गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले जानकारी दिए ।
बाह्रै महिना सहज रुपमा गाडी सञ्चालन हुन ेगरी सडक स्तर उन्नती गर्न खोजिएको छ ।
सर्भे टोलिसंगै स्थलगत सडक निरीक्षणमा पुगेका अध्यक्ष बुढाथोकीले प्राविधक टोलिलाई गुणस्तरिय कामका लागि निर्देशन दिए ।
सडक सञ्जालको व्यापकताले दूरी छोट्याउने मात्र नभै गाँउको उत्पादनलाई शहरसम्म पु¥याउँने, थातथालो छोड्नेको संख्यामा कमि ल्याउने तथा नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता समेत दिलाउने उनले बताए ।
शंखमुल दारिमज्यूला खर्सुबास जयचौर सडक खण्डमा नाला संगै आवश्यक ठाउँमा रिटेनिङ वाल निर्माण, ह्युम पाईप तथा ग्याविन जाली, मोड सुधार लगाएतका काम हुने गाउँपालिकाका ईन्जिनियर राजाराम रिजालले जानकारी दिए । आठ मिटर चौडा सडकको मापदण्ड अनुसार स्तरवृद्धिको काम हुने छ ।
सर्वे लगत्तै अव लागत अनुमान तयारी एवम् ठेक्का प्रक्रिया अगाडी बढ्ने छ । नाला नहुँदा वर्षायाममा सडक हिलाम्मे हुने, खाल्डा खुल्डीको समस्या समाधान हुने अपेक्षा गरिएको छ । सडक स्तरउन्नतीसंगै गाउँमा उत्पादित वस्तु बजार सम्म पु¥याउन तथा आवश्यक विभिन्न सामग्री गाउँसम्म ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।