काठमाण्डौ ,असोज १८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुईजना पक्राउ परेका छन् ।
विमानस्थलको आगमनमा चेकजाँचका क्रममा ३ सय २० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरुमा २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।
उनीहरू हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका थिए । उनीहरूलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
प्रकाशित मिति : २०८० असोज १८ गते बिहिवार