२०८१ माघ १३ गते आइतवार

कर्फ्यूका कारण जमुनाहा नाकामा अलपत्र परेका ८ सय यात्रुलाई गन्तब्यतर्फ पठाइँदै

नेपालगञ्ज,असोज १७ । नेपालगञ्जमा कर्फ्यूका कारण जमुनाहा नाका भएर यात्रा गर्ने धेरैँ यात्रुहरू नाकामै अलपत्र परेका छन्।

नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्यूका कारण भारतको विभिन्न ठाउँबाट आएका नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन्।

बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आठ सय जति मानिस आएको र उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको जानकारी दिए।

प्रहरीले बसपार्कबाट पाँच वटा र आफ्नो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्याउने जनाएको छ।

स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ।

नेपालगञ्ज आज बिहान शान्त देखिएको छ। सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अत्यावश्यक कामबाहेक सडकमा हिड्न दिइएको छैन।

प्रहरी प्रवक्ता डाँगीले जरुरी काममा बाहेक बाहिर ननिस्किन आग्रह गरेको र जरुरी काममा निस्केकालाई सहजीकरण गरेर पठाउने गरेको बताए।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *