२०८० मङ्सिर १६ गते शनिवार

नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

दाङ,असोज १६ । नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।

सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो १ बजेदेखि अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको हो ।

केही दिन यता नेपालगञ्जमा धार्मिक तनाव बढेको छ । दुई समुदायबीच बढेको तनाबले उग्ररुप लिने अवस्था देखिएपछि कफ्र्यु आदेश जारी गरिएको हो । शान्ति र सद्भाव कायम गर्न आह्वान गर्दै आज विहान सद्भाव र्याली निकालिएको थियो ।

मोहम्मद डेको दिन एक जना व्यक्तिले सामाजिक संजालमा इस्लाम धर्मलाई लक्षित गरेर अभिव्यक्ति दिएको भन्दै आइतबार मुस्लिम समुदायले नेपालगञ्जमा टायर बालेर नारावाजी गरेका थिए ।

त्यसको प्रतिवादमा आज हिन्दु धर्ममा आस्था राख्नेहरुले प्रदर्शन छन् ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *