२०७७ कार्तिक १३ गते बिहिवार

दाङमा हावाहुरी वाट लाखौंको क्षति


दाङ, वैशाख २० । जिल्लाको विभिन्न भागमा हावाहुरी वाट लाखौंको सम्पत्तिमा क्षति भएको छ। विद्यालय,स्वास्थ्य चौकीसहित एक दर्जन घरहरुमा लगाएको जस्ता पाता हावाले उडाइ दिएको छ । शुक्रवार राति आएको हावाहुरीले राजपुर गाउँपालिका वडा नं. ६ खाँग्रा नाकास्थित स्वास्थ्य चौकीको जस्ता पाडा उडाई दिएको छ । त्यस्तै १८ गते मध्यरातमा आएको हावाहुरीले राजपुर गाउँपालिका वडा नं. १ गुरुङखोला स्थित ज्योति आधारभुत विद्यालयको जस्ता पाता उडाइ दिएको छ । विद्यालयको दुई वटा कोठाको जस्ता पाता उडाउनुका साथै ब्रण्डाको देवाल समेत भत्काएपछि पठन पाठन प्रभावित भएको छ ।

गएरातिको हावा हुरीले जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ५ सितलुपर निवासी विभिन्न व्यक्तिहरुको घरमा क्षति पु¥याएको छ । स्थानीय रामकुमार थापाको घरको जस्ता पात, पहल सिंह वलीको कुखुरा फर्मको जस्ता पाता, विनोद बस्नेतको गोठको जस्ता पाता र सोही ठाउँकै मुक्तबहादुर केसीको जस्ता पाताले छाएको घर भत्किएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

उता देउखुरीको े राजपुर गाउँपालिकामा पनि हावाहुरीले विभन्न व्यक्तिको घरमा क्षति पु¥याएको छ । गाउँपालिकाको वडा नं. १ निवासी बासुदेव डाँगीको घरको जस्ता पाता उडाइ दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी विनोद विक्रम शाहका अनुसार स्थानीय गीता सार्की, चन्दकला विसीे, गुरुङखोला निवासी बिष्णुबहादुर बुढाको घर र राजपुर गाउँपालिका वडा नं. २ मटेरिया निवासी झुपलाल कँवरको भान्से घर हावाहुरीले भत्किएको छ । त्यसैगरी सोही गाउँपालिकाको वडा नं. २ प्रतापुर निवासी हरिप्रशाद चौधरीको घरमा चट्याङले क्षति पुगेको छ । विभिन्न व्यक्तिको घर तथा विद्यालयमा गरि हावाहुरीवाट लाखौंको क्षति भएको प्रहरीले बताएको छ । विवरण संकलन कार्य जारी रहेको प्रहरीको भनाई छ ।

आगलागी वाट क्षति
जिल्लामा आगलागी वाट पनि कही घरहरुमा लाखौंको क्षति भएको छ । विहीवार दिउँसो भएको आगलागी वाट बबई गाउँपालिका वडा नं. १ तल्लो बगरपपुर निवासी चन्द्रबहादुर कुमाल र बेलुकी पख तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ बनगाउँ स्थित नविन नेपालीको घरमा आगलागी वाट लाखौंको धनमाल जनेर नष्ट भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *