२०८० मङ्सिर २२ गते शुक्रवार

सल्यानको छत्रेश्वरीमा चितुवाको आतंक ः चार जना घाइते

दाङ, असोज १५ । सल्यानमा चितुवाले आतंक सृजना गरेको छ ।

कुखुराको खोरमा पसेको चितुवाको आक्रमणबाट स्थानीय चार जना घाइते भएका छन् । आतंक सृजना गरेको चितुवा नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्जवाट टोली बोलाइएको छ ।

चितुवाको आक्रमणबाट घाइते मध्य छत्रेश्वरी गाउँपालिका – ३ दोली गाउँका ४० बर्षीय राजु केसीको जिल्ला अस्पताल खलंगामा उपचार जारी छ ।


उनको अनुहार र हात खुट्टामा चितुवाको आक्रमणबाट घाउ खत रहेको प्रहरीले जानकारी दिएको छ ।


सोही ठाउँका २७ बर्षीय भिमसेन थापा, ४० बर्षीय टेकबहादुर थापा र १६ बर्षीय छबिलाल केसीलाई पनि चितुवाले आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

यी तीन जनाको स्थानीय मेडिकलहरुमा उपचार भइरहेको र अवस्था सामान्ने रहेको प्रहरीले बताएको छ ।
सबैको हात खुट्टामा चितुवाले चिथोरेको घाउ खतरहरु बनेका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीका अनुसार
सोमबार बिहान ९ बजेतिरको चितुवाले मानिसमाथि आक्रण गरेको थियो । स्थानीय पूर्णराज बिकको कुखुरा फार्म भित्र चितुवा पसेको थियो । खोर बाहिर पासो थापिएको थियो ।


कुखुराको खोर भित्र पशेर केही कुखुरा मारेपछि बाहिर निस्कने क्रममा चितुवा पासोमा फसेको थियो । राजु केसीले ढोका खोलेर हेर्ने क्रममा भित्र लुकि बसेको चतुवाले केसी माथि आक्रमण गरेको थियो ।

त्यसपछि निस्किएको चितुवाले बाटोमा जस्लाई भेट्यो त्यसैमाथि आक्रमण गर्दै चितुवा निस्किएको डिएसपी कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *