२०७७ कार्तिक ९ गते आइतवार

विरामी बर्मन बुढालाई भेट्न सभामुख हस्पिटल पुगे


काठमाडौं, बैशाख २० । सभामुख कृष्णबहादुर महराले पाटन हस्पिटलमा उपचाररत पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेट गरि स्वास्थ्य लाभको कामना गरेका छन् । शुक्रबार बिहान पाटन हस्पिटल ललितपुर पुगेर महराले पूर्वसांसद बुढालाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गरेका हुन । पेटमा समस्या देखिएपछि विहीवार पाटन हस्पिटलमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार चलिरहेको बुढाकी छोरी विजयज्योतीले जानकारी दिइन ।

सो क्रममा सभामुख महराले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति भरत कुमार यादव र डाक्टरहरुको टोलीलाई भेट गरि पूर्वसांसद बुढाको उपचारमा कुनै कमी हुन नदिन अनुरोध गरेका थिए ।

माओवादी जनयुद्धको उद्गम थलोको रुपमा रहेको रोल्पाको थबाङका पाका कम्युनिष्ट नेता बर्मन बुढा नेपाली कम्युनिष्ट आन्दोलनका बलियो खम्बाकै रुपमा चिनिन्छन् । उनी २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट रोल्पा क्षेत्र नं. १ बाट विजयी भएका थिए ।

प्रकाशित मिति : २०७६ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *