२०८१ मङ्सिर १७ गते सोमवार

रोल्पामा जेसिबी दुर्घटना – दाङका अमृतको मृत्यु

दाङ, असोज १४ । रोल्पामा जेसिबी दुर्घटना हुँदा दाङका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका – ३ मसुरियाका २२ बर्षीय जेसिबीका सहचालक अमृत चौधरी रहेका छन् ।

दाङदेखि रोल्पाको लिवाङ तर्फ जाँदै गरेको ईजी कन्ट्रकसन प्रालि दाङको रा १ क ११८७ नम्बरको जेसिबी रोल्पा नगरपालिका – १ भदौरेस्थित लिवाङ सातदोबाटो खण्डमा आइतबार बेलुका ४ बजेतिर दुर्घटनामा परेको थियो ।

जेसिबीको ब्रेक फेल भइ सडक किनारमा पल्टिएको र त्यसैले च्याप्दा अमृतको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक देविराम भण्डारीले जानकारी दिए ।
जेसिबी चालक दाङको राप्ती गाउँपालिका – ३ मसुरियाका २६ बर्षीय सुमन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेसिबी पल्टिएका कारण उक्त सडक खण्ड भएको र सवा ६ बजेतिर जेसिबी उठाएपछि सडक खुलेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *