सुशील बस्नेत,तुलसीपुर,असोज १४ । अक्टोबर १ अर्थात अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । दिवसका अवसरमा मानक अधिकार तथा शान्ति समाज दाङ शाखाले अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा गरेको छ ।
शान्ति समाज दाङका सभापति कोमल डिसीको सभापतितब जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका संयोजक खुमानन्द अधिकारीको प्रमुख आतिथ्यमा भएको हो ।
सो अवसरमा प्रमुख अतिथी अधिकारीले जेष्ठ नागरिकको सवाललाई थप उजागर गरि सम्बोधन गराउन सहयोगका लागि शान्ति समाजलाई आग्रह गरे ।
समाजका निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले जेष्ठ नागरिकका लागि सुबिधा सम्पन्न दिवा सेवा,निशुल्क स्वास्थ सेवा,सन्तानबाट पालन पोषणको ब्यबस्था गराउन सरकारसग आग्रह गरे ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला , बालबालिका,जेष्ठ नागरिक तथा सामाजिक बिकास शाखाका प्रमुख माया श्रेष्ठ,वरिष्ठ समाज सेबि तिलकबहादुर बस्नेत, बृद्व सेवा समिती तुलसीपुर नगर सन्जालका संयोजक पुर्ण बहादुर खडका लगायतले सम्बोधन गरे ।
कार्यक्रममा कोषाध्यक्ष यज्ञ बहादुर बिकले स्वागत र सन्चालन सहसचिव माधव बस्नेतले गरेका थिए ।